मुलुकका निमित्त काँग्रेसको आवश्यक:-अर्बपती चौधरी

इनेप्लिज २०७५ वैशाख १७ गते ३:२७ मा प्रकाशित

न्यूयोर्क:- यही एप्रिल २७ शुक्रवार २०१८ दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटरअमेरिकाले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रतिनिधि सभाकासांसद एवं अर्बपती उद्योगपति बिनोध चौधरीले नेपाल र नेपालीका निमित्त नेपाली काँग्रेस पार्टीअत्यावश्यक भएको कुरा बताएका छन् । २०४६ सालको परिवर्तन संगै मुलुकमा काँग्रेसलेअंगालेको दर्शन र आर्थिक नितिका कारण १० बर्षे जनयुद्धका बावजूद देशले विकास गरेकोफेहरिस्ता सुनाउँदै, सांसद चौधरीले जननायक स्वा. गिरिजा प्रसाद कोइरालाले उतिवेला गरेकोयोगदानलाई स्मरण गरेका थिए । लोकतन्त्रमा मात्रै मुलुकको राष्ट्रियता र अर्थतन्त्र बलियो हुनेभएकोले नेपाल देशका निमित्त काँग्रेस अपरिहार्य भएको कुरा राख्दै ,यहीकारण आफुले काँग्रेसलाईरोजेको प्रमुख अथिति चौधरीले बताएका थिए ।

अन्तराष्ट्रिय जगतले लोकतन्त्रको पर्याय काँग्रेस लाई सम्झन्ने भएकोले नेपालमा काँग्रेस बलियो भएमाआफै ठुला लगानीहरू मुलुकमा भित्रने संकेत गर्दै अर्बपती चौधरीले प्रवासमा आर्जन गरेका ज्ञानसिप र धन नेपाल र नेपालीका निमित्त लगानी गर्न सबैलाई अनुरोध गरेका थिए । भरखरै सम्पन्ननिर्वाचनमा पनि नेपाली जनताले काँग्रेसलाई उत्तिकै माया गरेको हुनाले निर्वाचनको परिणाम हेरेरदु:खित नबन्न नेता चौधरीले कार्यकर्तालाई सुझाव दिएका थिए । प्रश्नको उत्तर दिने क्रममाउद्योगपती चौधरीले गैर आवसीय नेपालीलाई दिने भनिएको राजनीतिक अधिकार बिनाकोनागरिकताको कुनै अर्थ नहुने कुरा बताउँदै, त्यसका निमित्त आफुले हाउसमा कुरा उठाउँनेप्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

जाक्सन हाईट न्यूयोर्कको स्थानीय थकाली किचनमा सम्पन भएको उक्त अन्तरकृया कार्यक्रममागैर आवसीय नेपाली संघ अमेरिकाका पुर्व अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक खगेन्द्र क्षेत्री , नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिवभोजराज ठोकर, नेजस अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी लगायतको उपस्थिति रहेको थियोभने , डा. तारा निरौला, दुर्गेश कार्की, सोमनाथ हुँमागाई, प्रभात सापकोटा र बिष्णु बैंजुले गहकिलाप्रश्न हरू राखेका थिए ।

केही फरक ढाँचाले संन्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता च्याप्टरका सभापति रोशन ढंगनालेगरेका थिए भने संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

प्रतिक्रिया