नायिका केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’ नेपाली चलचित्र भर्जिनियामा मे २० मा प्रदर्शन हुने

इनेप्लिज २०७५ वैशाख १८ गते २:०० मा प्रकाशित

नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ भर्जिनियामा मे २० मा प्रदर्शन हुने भएको छ । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र पूर्ण रुपमा कमेडी(हास्य) छ । चलचित्रमा अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा तथा संवाद, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।

चलचित्र भर्जिनिया को फल्स चर्च स्थित डिसी सिनेमा लोह्मंस प्लाजामा प्रदर्शन हुने छ । मे २० तारिख आइतबार दिनको २ बजे प्रदर्शन हुने छ । सम्पर्क बिराट बाबु मल्ल ,नविन केसी तथा पुस्कर पन्तलाई गर्न सकिने छ ।

टिकट दर (प्रवेश पत्र ) प्रति व्यक्ति $ १५ डलर राखिएको छ ।

प्रतिक्रिया