पुष्पा खनालको “आँखाको पानी” सार्वजनिक

इनेप्लिज २०७५ वैशाख १९ गते १०:३८ मा प्रकाशित

काठमाडौँ, वैशाख १८ गते । गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” आइतबार बङ्गलादेशको ढाकामा सार्वजनिक गरिएको छ ।
बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले यसियाटिक सोसाइटीको सभााहलमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सो भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो सार्वजनिकपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि उपसभामुख मो. फैजल रब्बी मियाले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको बताउँदै सार्वजनिक गरिएको म्युजिक भिडियोमार्फत् व्यक्त भावनाले आफ्नो मन छोएको बताउनुभयो । उहाँले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको पनि उल्लेख गर्नुभयो ।

आफ्ना रचनाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो सपना आज पूरा भएको बताउँदै गीतकार पुष्पा खनालले कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्थाभन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बंगलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको बताउँदै दुई देशका स्रष्टाहरुका सिर्जनाले यी देशलाई आपसमा बाँधेकाले पनि नेपाली र बंगालीका आगि एक अर्काको देश पराइजस्तो नरहेको बताउनुभयो ।

बीसौँ वर्षअघिदेखि यहाँका मानिस र संस्कृतिसँग आफू जोडिएको भन्दै वरिष्ठ कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा यहाँका जनताहरु धेरै सहयोगी, मित्रवत् तथा हामीको भावना बोकेर हिँड्ने खालका भएको बताउनुभयो ।

शरीर, अभिव्यक्ति र कविताको बेग्लै भाषा हुने बताउँदै वरिष्ठ कवि, पत्रकार नगेन्द्रराज शर्माले सार्वजनिक गरिएको म्युजिक भिडियो तथा कार्यक्रममा वाचन गरिएका कविताहरु बेग्लै भाषाका भए पनि ती कुराहरु आपसमा बुझ्न कठीन नभएको बताउनुभयो ।
यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले दुई देशका जनताबीचको न्यानोपनका कारण नेपाल स्रष्टा समाजको स्थापना अघिदेखि नै बंगलादेशका साहित्यिक संस्थाहरुसँग गाढा सम्बन्ध बनिसकेको बताउनुभयो । एक अर्काका विचार, भावना र अनुभवको आदानप्रदान गर्दै यो सम्बन्धलाई अझ दीगो र फलदायी बनाउन यस्ता कार्यक्रमहरुले सहयोग गरेको

 

 

प्रतिक्रिया