बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: १९:१७ | Washington DC: 09:32

साधारण सभामा सहभागी हुन् एनआरएन अमेरिका कि उपाध्यक्ष उमा कार्की थापाको यस्तो छ निमन्त्रणा

विजय थापा ,ब्रम्हाण्ड कै सुन्दर नगरहरु मै सुन्दर तथा मनोरम शहर सन फ्रान्सिस्कोमा हुन् गै एनआरएन अमेरिकाको साधारण सभामा सबैलाई सकृय सहभागिताको लागि एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा कार्यक्रम तयारी समिती संयोजक उमा कार्की थापाले यसै माध्यमबाट आग्रह गरेकी छिन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको ८ औ बार्षिक साधारण सभा आउंदो जुन १६ र १७ तारिख हुने भएकोले थापाले एनआरएन अभियानमा लाग्ने सबैलाई निमन्त्रणा दिएकी छिन् ।

उक्त साधारण सभा कै मौकामा क्षेत्रीय बिज्ञ सम्मेलन पनि हुने भएकोले अझ हामी गम्भीर तथा संवेदनशिल छौ थापाले भनिन। उनले अगाडी भनिन आयोजक समिति अहोरात्र खटिई रहको र स्वयम् सेवक रुपमा काम गर्नु पर्ने भएकोले कार्यक्रममा कुनै त्रुटी ,कुनै कमजोरी नरहोस् भन्ने हाम्रो सोचाई रहेको बताइन ।

बिश्व बाट नै अतिथिहरु समेतको सहभागिता हुने भएकोले बिभिन्न समिती तथा उपसमितीहरु निर्माण गरिएको बताउदै हाम्रो उद्देश्य ” नेपाली समुदायहरुलाई एकता र उन्नति को लागि जोड्नु ” रहेको बताइन । समिति सदस्यहरु तीव्र रुपमा तयारीको लागि काम गरि रहेको जानकारी दिएकी छिन् ।

उक्त भेला एनआरएन अमेरिका क्यालिफोर्निया शाखाको आतिथ्यतामा हुन लागेको हो । थापाले बृहत भेलामा आफु ,आफ्ना परिवार तथा साथीभाई लाई समेत साथमा लिएर आउन आग्रह गरेकी छिन् ।

२०७५ वैशाख २२ गते २:२५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी