सोमबार, जेठ १४ २०७५ | Mon, May 28, 2018
नेपालको समय: ०७:०४ | Washington DC: 21:19

अमेरिकाको भर्जिनियामा मेयर डेभिडले नेपाली रेस्टुरेन्ट उद्घाटन गरे

Program advisor Roshan Puri

 
अमेरिका । अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै सिटी अफ् फेयर फ्याक्सका मेयर डेभिड मेयरले नेपाली रेस्टुरेन्ट तन्दुरी नाईट उद्घाटन गरेका छन् ।
 
 मे ४ शुक्रबार श्याम लामा र राज तामाङको संयुक्त लगानीमा खुलेको नेपाली रेस्टुरेन्टको उद्घाटन मेयर डेभिडले रिबन काटेर गरेका हुन् ।अमेरिकाको स्थानीय सरकार सिटी अफ् फेयर फ्याक्सका बरिष्ठ सरकारी पदाधिकारीहरु र सिटीका काउन्सिलर तथा डेलिगेट्स स्थानीय सरकारका माननीय सांसदहरु पनि उद्घाटन समारोहमा सहभागी भएका थिए ।
 
भर्जिनियाका नेपाली संघसंस्थाका प्रतिनिधीहरु सहित २००  सय नेपालीहरु उपस्थित कार्यक्रममा नेपाली ब्याण्ड पासा  तथा मोक्ष मन्त्र टोलीको सांगीतिक प्रस्तुती आकर्षक थियो ।
 
मध्य रातको एक बजे सम्म चलेको रात्री भोज सहितको उक्त उद्घाटन रम्झम्को नेपाली चर्चित अनलाइन साइट enepalese.com,Dc nepal बाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
 
नेपाली संघसंस्थाका कार्यक्रमहरु, बार्षिक साधारण सभाहरु, नयाँ बर्ष, दशैँ, तिहार, तीज, बर्थ डे, बेबी सावर, बिहे भोज जस्ता भोज भतेर आयोजना गर्नको लागी बार र स्टेज समेत रहेको तन्दुरी नइट्समा करिब दुई सय मानिस अटाउने क्षमता रहेको छ !

समाचार तथा तस्बीर:रोशन पूरी

तन्दुरी नाईट ग्रान्ड ओपनिग कार्यक्रम ( tandoori night grand opening) को प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Friday, May 4, 2018

 

तन्दुरी नाईट ग्रान्ड ओपनिग कार्यक्रम ( tandoori night grand opening) को प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Friday, May 4, 2018

२०७५ वैशाख २२ गते २१:२० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी