बेलायतमा शाकेला शिलीको उपाधि मेडस्टोनले चुम्यो

इनेप्लिज २०७५ वैशाख २३ गते ०:०२ मा प्रकाशित

लण्डन । वैशाख २३, २०७५ । लण्डन नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर) मा उँभौली यलेदोङ ५०७८ (वि. स.२०७५) शाकेला पर्व भव्य रुपमा सम्पन्न भएको छ । बेलायतमा हरेक बर्ष साकेला पर्व तथा उँभौली शिली प्रतियोगीता प्रतिस्पर्धाका साथ धुमधाम सँग मनाउने चलन बढ्दै आएको छ

 

किराँती धामी (नाछोङ) ले टाउकोमा सेतो-फेटा लगाई सुम्निमा-पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमीपुजा गरी थान वरिपरी नाचेर विधी अनुरुप कार्यक्रमको सुरुवात गरिएको थियो ।

किराँत राई यायोक्खा बेलायतको अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली दूताबास लण्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदि (साहित्यकार दुबसु) विशेष अतिथि बेलायतमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरु र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

‘सिमली सेउली गाडेर देवि र देउता भाकेर
पुर्खाको रीति शाकेला मनाऔ शिली नाचेर
सोई सोइला हो सोई सोइला ।’

कुन ठाँउमा बढि मात्रमा मनाईन्छ ?
यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराँती गाँउ बस्तिहरुमा कान कानमा गुज्यामान भईरहेको सुनिन्छ । साकेला पर्व राईहरुको महान चाँड हो । यो बर्षमा दुई पटक उँभौली (बैशाखे पूर्णिमा) र उँधौली ( मङ्सिरे पूर्णिमा ) मा धुमधामले मनाईन्छ । साकेला नाँच राजधानी काठमाडांै लगायत नेपालको पूर्वी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किराँती बस्तीहरुमा बढी मात्रामा प्रचलित र लोकप्रिय रहेको पाईन्छ । त्यसैगरि अन्तर्रािष्ट्रय स्तरमा किराँती बस्तीहरु भएका देशहरु भारत, सीक्किम,दार्जिलिङ,अमेरिका,बेलायत, हङ्गकङ्ग,जापान,कोरिया मलेशिया, कतार,अस्टे«लिया र बु्रनाईमा समेत अहिले भव्यरुपमा साकेला पर्व मनाउने प्रचलन बढेको देखिन्छ ।

शाकेलाको अर्थ
वसन्त ऋतुको आगमन सगै यस धर्तीमा बोटविरुवाहरुले पालुवा फेर्न शुरुवात हुन्छ । बन–जंङ्गलमा चराचुरुङ्गीहरुले आ–आफ्नो भाका फेर्न थाल्छन । नयाँ बर्षको आगमन सगै वैशाखे पूर्णिमा देखि औसीसम्म किराँती गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झयाम्टा निकालेर झन्डै १५ दिन सम्म मनाइने यो किराँतीहरुको पर्व खासै रुपमा भन्ने हो भने खेतीपाती लगाउने समय भएकोले अन्नवाली वा उव्जनी बढोस, आधीवेरी, असिना नपरीदियोस,अन्नबालीमा रोग नलागोस भनि सुम्निमा र पारुहाङ्ग सँग बल र शक्तीको आर्शीवाद माग्दै कुखुराको भाले बलिदिएर भूमी पुज्ने चलन चलिआएको पाईन्छ । बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै शाकेलानाँच शिली नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (पोमी) र र्छिलिङ –(सिलिमा) नाचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्दछ ।

भेषभुषा
नाँचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो,र्मुचुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी,मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।
शाकेला उँभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उँधौली बाली उठाउने बेला मंङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किराँतहरुको मुन्धुम अनुसार १ बर्षलाई दुई भागमा बाडिन्छ (उँभौली र उँधौली) यसैको रुपमा यो चाँड मनाउने परम्परा चलिआएको पाईन्छ । उँभौली र उँधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उँभौलीलाई शाकेला र उधौलीलाई छौवा भन्ने गरिन्छ ।

यसै सन्र्दभमा अभिभावक र बुद्धीजिवीहरु भन्छन् प्रवाशमा रहे पनि आफ्नो धर्म, संस्कृती, संस्कार, परम्परा र चाँडलाई मनाउदै हाम्रा भावि सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ । स्वदेशबाट टाढाको बस्ति विरानो देशमा रहेपनि आफ््नो संस्कार , संस्कृती र पहिचानलाई जीवित राख्नका निमित्त पनि शाकेला पर्व मनाउदै आएको बताए ।

प्रतियोगिताको नतिजा
बेलायतवासी किराँत राईहरुको १४७ रोपनी जग्गा रहेको आफनै भूमी माङखिम तथा साकेला स्थलमा वि स २०७३ सालबाट साकेला थालनी गरिएको हो । माङखिम मुलघर, (पूजाघर) निर्माण कार्य चाँडै सुरुवात गरिने अध्यक्ष पदम राईले जानकारी दिए । बेलायत निवासी हजारौं किराँत राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको शाकेलामा क्रियाशील ९ प्राम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक शाकेला सिली प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा शाकेला शिली संयोजक रिटायड मेजर भुपजित राईले प्रतिस्पर्धीहरु मध्ये प्रथम स्थान मेडस्टोन केन्ट, द्वितीय ग्रेटर रसमोर र फोक्सटन केन्ट प्राम्भिक कार्यसमिति तृतीय स्थानमा बिजयी भएको नतिजा घोषणा गरेका थिए ।

उक्त घोषणा पछि अध्यक्ष राईले प्रथम स्थान मेडस्टोन केन्टका प्राकास अध्यक्ष पत्रकार देवेनद्र खेरेसलाई नेपाली रुपैयाँ नगद ५० हजार, द्वितीय ग्रेटर रसमोरलाई नगद ४० हजार र तृतीय स्थान हात पार्न सफल फोक्सटन केन्ट प्राम्भिक कार्यसमितिलाई २५ हजार र शिल्ड पुरस्कार दिदै हौसला दिएका थिए । प्रतियोगिताको भेषभुषामा केन्टवरी प्राम्भिक कार्यसमिति चयन भएका थिए भने उत्कृष्ट ढोलेको उपाधि ग्रेटर रसमोर प्राम्भिक कार्यसमितिका श्री महेन्द्र राईले पाएका थिए । करिब २५ हजार दर्शक उपस्थित रहेको शाकेला कार्यक्रमको सम्पूर्ण संयोजन रिटायड मेजर सुमन चन्द्रराईले गरेका थिए भने संघका उपसचिब चन्द्रवति राईले कार्यक्रमलाई पुर्ण रुपमा सञ्चालन गरेकी थिईन ।

प्रतिक्रिया