“पाचौ बुद्ध जयन्ति शान्ति पदयात्रा” यस बर्षपनि बर्क्लीमा हुने।

इनेप्लिज २०७५ वैशाख २६ गते १०:४५ मा प्रकाशित

८ मई २०१८ ,बर्क्ली क्यालिफोर्निया , स्थानीय सम्बाददाता । विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्म जयन्तिको अवसरमा  बिगत पाच बर्ष देखि अमेरिककाको सन् फ्रान्सिस्को सहर र बर्क्लीमा बुद्ध नेपाल पिस फाउन्डेसनको योजना र यस क्षेत्रको सम्पूर्ण संघ संस्थाको सक्रियतामा बुद्ध जयन्ति शान्ति पद यात्रा हुदै आएको छ।

यस बर्षपनि बर्क्लीमा “ ३५ औ हिमालयन फेयर” हुने दिनको अवसर पारेर  शान्ति पदयात्रा आयोजनागरिएको जानकारी फाउन्डेसनका अध्यक्ष चिनकाजी श्रेष्ठले यहि मई ६ तारिकमा  बर्क्ली स्थित हिमालयन फ्लेभरमा सम्पन्न शान्ति पदयात्रा आयोजक समितिको भेलालाई सम्बोधन गर्दै जानकारी गराउनु भयो। उक्त हिमालयन फेरमा हरेक दिन लगभग ३० देखि ४० हजार को सहभागिता हुने गरेको छ र सोहि दिन हामीले शान्ति पदयात्रा गर्दै धेरै भन्दा धरैलाई बुद्धको जन्स्थाल्को बारेमा जुन भ्रम छ सो भ्रम हटाउन केहि हद सम्म भएपनि यस पद यात्राले योगदान पुर्याउने छ भन्नु भन्नु भयो। वहाले कार्यक्रमको बारेमा  सम्पूर्ण संघ संस्थालाई जानकारी गराउदै सबैमा हरेक बर्ष जस्तै यस बर्ष पनि सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्नु भयो।

बुद्ध नेपाल पिस फाउन्डेसन भगवान गौतम बुद्धको जन्मस्थलबारे छिमेकी मुलुकले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन गत पाच बर्ष देखि निरन्तर लागि परेको समेत जानकारी गराउनु भयो ।

यस बर्षको  शान्ति पदयात्रा यहि महिनाको १९ तारिक दिउसोको १ बजे देखि बर्क्ली स्थित मार्टिन लुथर किङ्ग जुनियर सिभिक सेन्टर पार्कबाट सुभारम्भ भइ सहरको मुख्य भागलाई  परिक्रमा गर्दै हिमालयन फेयर हुने लाइभ ओक पार्कमा गएर सम्पन्न हुने जानकारी यस बर्षको पद यात्रा संयोजक ध्रुब थापाले गराउनु भयो। यस बर्षको कार्यक्रम अझ धेरैको उपस्थितिमा निक्कै प्रभावशाली हुने छ किनभने प्राय नेपालीहरु हिमालयन फेरमा सहभागी हुन् आउछन र सोहि दिनमा पदयात्रा समेत भएको हुदा धेरै सहभागी हुने अपेक्षा गर्दै सबैलाई पदयात्रामा सहभागी हुन हार्दिक अनुरोध गर्नु भयो।

हरेक बर्ष झैँ यस बर्ष पनि स्थानीय नेपाली संघ संस्था र नेपाली जनसमुदायलाई शान्ति पद यात्रामा आई आफु  बुद्ध भूमिमा जन्मेको र नेपाली हुनुको गर्ब गर्दै शान्ति पदयात्रामा सहभागी हुन सबैलाई आह्वान समेत गर्नु भयो। यो कार्यक्रम कुनै व्यक्ति वा संस्थाको हो भन्नुको साटो  यो हामी सबै नेपालीको पहिचान र गरिमाको प्रतिक हो र सबैले यसमा सहभागी भई पदयात्रा सफल पारिदिनु हुन् आह्वान गर्दै फाउन्डेसन का महा सचिव सुनिलराज कर्णिकारले कार्यक्रमको बिष्तृत जानकरी उपस्थित सबैलाई गराउनु भयो।  चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर हरेक बर्ष अमेरिकाको सन्फ्रान्सिस्को र बर्क्ली मा यो शान्ति पदयात्रा हुदै आएको जानकारी समेत गराउनु भयो। साथै सबैलाई समयमा भेला भै शान्ति पद यात्राको शोभा बढाइ दिन हुन् समेत आग्रह गर्नु भयो।

गत अप्रिल २१,२०१८मा समेत बुद्ध नेपाल पिस फाउन्डेसन र नाफकाको सक्रियतामा डेविस स्थित क्यालिफोर्निया विश्व बिधालयको १०४ औ परेडमा नेपाली मौलिक भेषभुषा सजिएर लाखे नाच र  गौतम वुद्धको सन्देस र स्तुति गाउदै शान्ति पदयात्रा गरिएको थियो। उक्त कार्यक्रमा लाखौ को उपस्थितिमा हरेक मोड हरुमा विश्व विद्यालयको तर्फबाट गौतम बुद्धको बारेमा जानकरी गराउदै बुद्ध जन्मस्थल नेपाल को तर्फबाट सहभागी हुने सबैलाई धन्यबाद दिइएको थियो।

उक्त भेलामा तामाङ को-अपरेस सोसाईटी अफ क्यालीफोर्नियाका अध्यक्ष कुमार दोङले आउंदो बर्षहरुमा अन्य सघ संस्था लगायत  बुद्ध नेपाल पिस फाउनडेशन् लाई समेत सहकार्यको प्रस्ताब राख्दै हालै संयुक्त रुपमा समपन्न २५६२ सौं बुद्ध जयन्ती पूजा तथा दो-माङ् लुङ (प्रबचन) भब्य रुपमा सम्पन्न भएको जानकारी गराउनु भयो।  साथै उक्त शान्ति पदयात्रामा आफु र आफ्नो संस्थाको तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। उक्त भेलामा  विभिन्न संघ संथाको प्रनिधिहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो। यस कार्यक्रममा यदि कोहि स्वयंसेवक हुन् चाहनु हुन्छ भने तल दिएको  लिंकमा आफ्नो जानकरी दिनु हुन् अनुरोध गर्दै स्वम्सेवक संयोजक निरज रेग्मीले सबैलाई साइन गर्न समेत आग्रह गर्नु भयो।                     https://docs.google.com/forms/d/e/1FAIpQLSeXphnhh7oW15vg3vv5TGIGaYWupG8wjUa6bCLk74nHbbPbbQ/viewform    बिस्तृत जानकारी को लागी यो लिंकपनि  हेर्नु होला। https://www.facebook.com/events/418485201947397/

 

प्रतिक्रिया