बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: १९:१६ | Washington DC: 09:31

महाथिरले गरे मन्त्रिमण्डल विस्तार

क्वालालम्पुर, २८ वैशाख । बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन् ।

उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन् । उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली बुधबार नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन् । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, बिज्ञान र सार्वजनिक सडक मन्त्रीको नाम पेश गरेका थिए । शुक्रबार मन्त्रिमण्डलमा विस्तार गरिने उनले जानकारी दिए ।

आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन् । यस अघिका प्रधानमन्त्री नजिक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो ।

आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । –रासस/सिन्ह्वा

२०७५ वैशाख २८ गते १०:५७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी