बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: १९:१८ | Washington DC: 09:33

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

खोटाङ, बैशाख ३० । सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ ।

बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो ।

नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी अझै नभेटिएको प्रहरीले जनाएको छ ।

विद्यालय छुट्टीको दिन सुनकोशी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जनाइएको छ ।

२०७५ वैशाख ३० गते ११:५० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी