अंग्रेजी गीतमा नेपाली बाँसुरी बजाएर भाइरल भएका स्वर्णिम भन्छन्,’फ्रीमा बाँसुरी बजाउन सिकाईरहेको छु’ [भिडियोसहित]

इनेप्लिज २०७५ वैशाख ३१ गते १०:४४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ। आधुनिकताको नाममा आजका युवापीढीहरू आफ्नो लोक संस्कृतिको ठाउँमा पश्चिमि संस्कृतिलाई अनुसरण गरिरहेका छन्। हामि आफ्नो परम्परागत मौलिक बाजाहरू ,गाउँघरमा गाइने विभिन्न लोकगित तथा लोकनाचहरूप्रति अनभिज्ञ छौ। मौलिक परम्परागत बाजाहरू- धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, बासुँरी, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा भएता पनि यस्ता मौलिक परम्परागत बाजालाई वेवास्ता गर्दै ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति युवा पुस्ताहरु आकर्षित भइरहेका छन्।

हाम्रो आफ्नो मौलिक परम्परागत बाजाको ह्रास हुँदै विदेशी कला र बाजा अङ्गाल्ने क्रम बढीरहेको बेला बासुँरी नामक मौलिक परम्परागत बाजा चिनाउने माध्यम बनेका छन् स्वर्णिम महर्जनl नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी भैइरहँदा परम्परागत मौलिक बाजा बाँसुरीको जगेर्ना गर्दै यहिँ क्षेत्रमा निरन्तर लाग्ने अठोटको साथ अगाडी बढीरहेका छन् उनी।

करिब आठ महिना अगाडि ‘डिस्पासिटो’ बोलको विश्वचर्चित स्पेनिस गीत बासुँरी भर्सनमा कभर गरेर बासुँरी बाद्य वादक स्वर्णिम महर्जनले आफ्नै नामको युट्युब च्यानल स्वर्णिम महर्जनमा अपलोड गरेका थिए। अहिले उक्त भिडियो ४ मिलियन्स भन्दा बढि मानिसले हेरी सकेका छन्। यसको साथै उनले अरु पनि नेपाली तथा अंग्रेजी गीतमा कभर गरेका छन् जुन आम दर्शकले अत्याधिक मन पराएका छन्। उनले बासुँरी बजाएर सबैको मन मनमा छाउन सफल भएका छन् र विश्वमा नै एक चर्चित बासुँरी बाद्य वादकको रुपमा पनि चिनिएका छन्। साच्चै नै उनले बजाएको बाँसुरीको धुनले जो कोहिलाई पनि मन्त्रमुग्ध नै पारिदिन्छ।

८ वर्षको उमेर देखि बाँसुरी बजाउन शुरु गरेका स्वर्णिम आफ्नो पितालाई नै गुरु मान्दछन्। उनी भन्छन्,’बाबाले बाँसुरी बजाउनु हुन्थ्यो। बाबाले बजाएको देखेर मलाई पनि बजाउने इच्छा जाग्यो अनि मैले बाँसुरी बजाउन शुरुवात गरे।’ बाल्यकाल देखि नै बाँसुरीमा रुची भएका स्वर्णिमको ‘म्युजिक हाउस किर्तिपुर स्टुडियो’ नामक आफ्नै रेकर्डिङ् स्टुडियो पनि रहेको छ। बाँसुरी बजाउने मात्र होइन उनी म्युजिक यारेंजिङ् गर्नमा पनि अब्बल छन्।

अद्भुत कलाका धनी २० वर्षिय स्वर्णिम महर्जन मिहिनेतमा विश्वास गर्छ्न,आफ्नो पिता पनि बासुँरी बाद्य वादक भएकोले उनलाई बासुँरीमा मनजानु कुनै अनौठो कुरा भएन तर मन गएर मात्र पुग्दैन अफ्नो तर्फको मिहिनेत र इच्छा दुवै कुराको मेल खाए मात्र सफलता हाँसिल गर्न सकिन्छ भन्ने तर्क गर्छन् स्वर्णिम। सानो उमेर देखिनै बासुँरी बजाउन थालेका स्वर्णिमले सन् २०१२ मा भारतमा बासुँरी बजाउने प्रतिस्पर्धा भएको बेला एसिया कै सबैभन्दा उत्कृष्ट बासुँरी बाद्य वादकको पुरस्कार समेत पाइसकेका छ्न्।

पढाईको कुरा गर्ने हो भने एस.एल.सि पछाडि स्वर्णिमले म्युजिकनै पढे। ११ र १२ मा भोकल र अहिले ब्याचुलरमा बाँसुरी सम्बन्धि नै पढ्दैछ्न् उनी। आफु अझै सिक्ने क्रममा नै भएको बताउने स्वर्णिम अरुलाई समेत बाँसुरी बजाउन सिकाउँछन्। यसै पनि मीठो सुनिने बासुँरीको धुनमा स्वर्णिमको कला मिसिए पछी सुनमा सुगन्ध भए जस्तो लाग्छ।

आफ्नै साथिहरुसँग मिलेर उनले मण्ड ब्याण्डको स्थापना समेत गरेका छ्न् जँहा इन्स्ट्रुमेन्टल ब्यन्डमा आफ्नै किसिमका मनलाई आनन्दित पार्ने धुनको सिर्जना गरिन्छन्। स्वर्निम भन्छ्न,’हामिले एउटा नेपालको मौलिकता झल्काउने काम गरेका छौ। लोप हुनलागेको बाजालाई प्रचारप्रसारको लागि यो ब्याण्डले मुख्य भूमिका खेलेको छ।’ मण्ड ब्यान्ड बाहेक उनी अरु दुई ब्याण्डमा पनि आबद्ध छन्। मेट्रोनोम ब्याण्ड र माइल्सस्टोन ब्याण्डमा समेत आबद्ध स्वर्णिम बेला मौकामा लाइभ स्टेज प्रोग्राम पनि गर्ने गर्दछन्।

ब्याण्ड सँगसँगै उनी पीएफसी नामक प्रोजेक्ट मार्फत सामाजिक कार्यमा पनि अगाडी बढी रहेका छन्। उनले करिव दुई वर्ष अगाडी कटारी, उदयपुर जस्तो विकट ठाउँमा बाँसुरी लोप हुन नदिन कार्यक्रम पनि गरेका थिए। यति मात्र होइन महविनाशकारी भूकम्पको बेला उनले थाइल्याण्डमा प्रोग्राम गरेर सोहि प्रोग्रामबाट उठेको रकमले भुकम्प पिडितलाई सहयोग गरेका थिए।

आजकाल धेरै युवामा पश्चिम्का बाजामा आकर्षित हुन्छन् तर आफनै देशको मौलिकता झल्काउने बाजा बजाउनुमा छुट्टै किसिमको मनमा तरङ पैदा हुने कुरा स्वर्णिम बताउँछ्न। किर्तिपुरमा स्थित आफ्नै घरमा स्वर्णिमका पिताले बाँसुरी सिक्न तिब्र इच्छा हुनेलाई बाँसुरी कक्षा पनि सञ्चालनमा ल्याएका छ्न् र स्वर्णिम पनि त्यहाँको एक गुरु हुन्।

स्वर्निमका पिता रमन महर्जनले सन २०११ मा आफ्नो ब्यान्डसँग स्विजरल्यान्ड जाँदा त्यहाँको जिवनशैली र प्रकृतीसँगको काम देखेर एउटा नेपालमा म्युजिक हाउसको परिकल्पना गरेका रहेछ्न्। त्यसपछी आफ्नो परिकल्पनालाई बिपनामा बदल्दै सन २०१२ मा आफ्नै घरमा म्युजिका हाउसको स्थापना गरेका रहेछ्न्। आफ्नै पिताबाट प्रेतित स्वर्णिम भन्छन्,’नेपाली मौलिक बाजा बाँसुरी प्रचारप्रसारको लागि मैले स-साना बालबालिकालाई पैसा नलीइकन फ्रीमा नै क्लास दिइरहेको छु।’ विशेषत: उनले २० जना भुकम्प पिडित बच्चालाई फ्रीमा सिकाइ रहेका छन्। यो काम साच्चै नै समाजको लागि पनि उदाहरणीय छ।

प्रतिक्रिया