वेलायतमा पत्रकार नरेश खपाङ्गी र धु्रब अर्यालविच भिडन्त

इनेप्लिज २०७५ वैशाख ३१ गते २२:५९ मा प्रकाशित


वैशाख ३१,२०७५ लण्डन । नेपाल पत्रकार महासँगको आगमी मे १९ सनिवार हुन लागेकोे चौथो अधिवेशनकालागि लण्डनस्थित एभरेष्ट सोलिसिर्टस कार्यलयमा विभिन्न पदकालागि सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

कार्यलमा विहान १० देखि दिउँसो २ बजेसम्म भएको मनोनयन दर्तामा अनावश्यक रुपमा उम्मेदवारी दर्ता भएपछि अल्डरसर्टको एम्पारहलमा पत्रकारहरु विच रौनक भिडन्त हुने निर्वाचन समितीले जानकारी दिएका छन् । उक्त शाखाको अध्यक्ष पदकालागि वर्तमान अध्यक्ष नरेश खपाङ्गी र उपाध्यक्ष धु्रवराज अर्याल, बरिष्ठ उपाध्यक्षमा श्याम लुईटेल,खेमराज रानाभाट,लिलामान शेरपुन्जा र दिनेशकुुमार परियार महासचिबकालगि विमला सेने लिम्बु,संन्जयभक्त कडेल, नरेन्द्र बस्नेत र ४ वटा विभिन्न संघ–संस्थाका महासचिब खुशी लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ्ग ,सिद्घार्थविक्रम विच भिडन्त हुने भएको छ ।

संघका वर्तमान सह–कोषाध्यक्ष रोशन मेवाहाङ्ग निर्विरोध निर्वाचित भएको छ । अध्यक्ष खपाङ्गी लगायत उपस्थित सदस्यहरुले पत्रकार मेवाहाङ्गलाई मनोनयन कार्यलयमा बधाई तथा नयाँ कार्यकालको शुभकामना दिएका थिए । सदस्यहरु ८ पदकालागि ९ जना मन्जु भन्डारी खरेल, सुरेन्द्र इङ्गनाम, नरेश काङमाङ राई,बोमबहादुर थापा,विश्वासदीप तिगेला, जीवन सेन,तिर्थबहादुर मल्ल र नरेन्द्रराज नेम्बाङले उम्मेदवारी दिएका छन् ।

चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयनकालागि विजय थापाको संयोजकत्वमा अधिवक्ता राजु थापा, बरिष्ठ पत्रकार दुतबहादुर पुन,विकल आचर्य र चिरन शर्मा निर्वाचन समिति रहेका छन् । संघको अधिवेशनमा केन्द्रिय अध्यक्ष गोविन्द आचर्य र महासचिब रमेश विष्ट लण्डन आउने भएका छन् ।

प्रतिक्रिया