अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएकी तारा ढकालको प्रयास र प्रायोजकमा श्री बालकुमारी कन्या माध्यामिक बिद्यालय भरतपुरमा साईबर अपराध र सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ जेठ १ गते १०:५५ मा प्रकाशित

भरतपुर, मे ०६,२०१८ – चितवन जिल्ला घर हाल अमेरिकाको आयोवा राज्यमा बसोवास गर्दै आउनु भएकी तारा ढकालको प्रयास र प्रायोजकमा श्री बालकुमारी कन्या माध्यामिक विद्यालयमा करिब ५०० विद्यार्थीहरुलाई साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने कार्यक्रम ५ चरणमा विभाजित गरि बिहान देखि बेलुका सम्म कार्यक्रम सन्चालित गरियो। उक्त कार्यक्रममा स्कुलका शिक्षकहरुको पनि उपस्थिती रहेको थियो

प्रायोजक तारा ढकालले अमेरिकाको आयोवा राज्यबाट स्कुलका सहभागी विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट कार्यक्रमको सुरुवात गरिएको थियो। सन्देशमा तारा ढकालले साईबर अपराधबाट नयाँ पिडीहरु अत्यन्तै प्रभावित रहेको र यसको न्युनिकरणको लागि आफैँले अध्ययन गरेको विद्यालयमा सचेतनामुलक कार्यक्रम ल्याएको कुरा जानकारी दिनुभएको थियो। अहिले बढिरहेको साईबर अपराधबाट स्कुलका आँफुले अध्ययन गरेको बिद्यार्थीहरुलाई सुरक्षित गर्नु पर्ने आबश्यकताको महसुस गरि मैले यो कार्यक्रम ल्याउन सफल भएकी छु । यो कार्यक्रमबाट सबैले ज्ञान लिनु पर्ने कुरामा तारा ढकालले भिडियो मार्फत जानकारी गराउनु भएको थियो । भिडियो सन्देश पछि कार्यक्रमको संयोजक र ब्यबस्थापन गर्नु हुने शिक्षक विष्णु प्रसाद वाग्ले ले तारा ढकालको स्कुल अबस्थाको बारेमा सहभागि बिद्यार्थीहरुलाई प्रकास पार्नु भएको थियो ।

31946971_451597578618747_4949273961176236032_n.jpg

फोन, फेसबुक, कम्प्युटर, ईन्टरनेटबाट हुने अपराधिक कृयाकलाप कसरि घटछ र सुरक्षाका उपायहरुको बारेमा साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले सहभागी बिद्यार्थीहरु र शिक्षकहरुलाई तालिम दिनुभएको थियो । त्यस्तै गरि साईबर सेक्युरीटी ईन्टरन्यासनलको तर्फबाट मन्जु मगरले नाम, समाचार, फोटो र भिडियो संकलन गर्नु भएको थियो । अन्त्यमा सहभागीहरुले कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको र उक्त कार्यक्रम चितवान जिल्लाका अन्य ठाउँहरुमा पनि पुर्‍याउनु पर्ने कुरामा जोड दिएका थिए ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।31530424_451598461951992_2109105254762020864_n.jpg

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ  । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन  ।

प्रतिक्रिया