नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

इनेप्लिज २०७५ जेठ २ गते ९:४३ मा प्रकाशित

महेन्द्रनगर, धनुषा, २ जेठ: नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।
तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया