मानिस एक काम अनेक बहु प्रतिभाका धनि – डेभिल सिंह राजपुत

इनेप्लिज २०७५ जेठ २ गते १०:४७ मा प्रकाशित
काठमाडौँ : मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चड्दै गरेका व्यक्ति हुन् बहु प्रतिभाका धनि डेभिल सिंह राजपुत l आफ्नो ब्यापार ब्यबसाय संगै संचार क्षेत्र, मोडलिङ क्षेत्र, म्युजिक भिडियो निर्देशन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको सफल आयोजना गरेर चर्चा कमाएका डेभिल सिंह राजपुतले अवार्ड कार्यक्रमहरु समेत आयोजना गर्दै आएका छन् l  बिरेन्द्र बजार-४ धनुषा जनकपुरका स्थायी बासिन्दा मोडल डेभिल सिंह राजपुत बिगत लामो समय देखि काठमाडौँलाइ कर्मथलो बनाएर ब्यापार, ब्यबसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भुमिकामा सक्रिय रहेर ब्यस्त बन्दै आएका छन l
नेपालि चलचित्रमा समेत लगानी गरेर चलचित्र निर्माताको समेत भुमिका निर्बाह गरिसकेका राजपुतले दर्जनौ म्युजिक भिडियोहरु निर्माण गरेर आफैले समेत अभिनय गरेका छन l नेपालमा बढदै गईरहेको विभिन्न अवार्ड तथा सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै अवार्ड र सौन्दर्य प्रतियोगिताहरुलाई छुट्टै उचाइमा पुर्याउन र सौन्दर्य प्रतियोगिताको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यप्रेमीहरुको लागि प्लेटफर्म तयार गर्न लागि परेका  मोडल डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरि मोडल बन्न चाहनेहरुको लागि समेत उपयुक्त अवसर प्रदान गर्दै आएका छन l
नेपाल फेसन विक डट कम का संचालक समेत रहेका मल्टि ट्यालेण्टेड राजपुतले संचार क्षेत्र मार्फत प्रतिभा भएर पनि विभिन्न क्षेत्रमा पछि परेका व्यक्तिहरुलाई उनीहरुको क्षमता तथा प्रतिभालाई उजागर गर्ने कम गर्दै आएका छन l विभिन्न सौन्दर्य प्रतियोगिताहरुको सफल आयोजना गरि सकेका राजपुतले यो बर्षको सुरुवातमा नै अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस स्कुबा नेपाल  २०१८ र नेक्स्ट सुपर टप्स मोडल २०१८ नेपालको आयोजना गर्ने भएका छन l जसका लागि रजिस्ट्रेसन फर्म समेत खुल्ला गरि सकेको जानकारी उनले दिएका छन l त्यसैगरी नेपाल मोडल अवार्ड २०१८ को लागि पनि अवार्डको लागि पनि दर्ता फारम खुल्ला गरिएको जानकारी समेत उनले दिएका छन l उक्त अवार्ड कार्यक्रम भने थाईल्याण्डमा गरिने समेत उनले जानकारी गराएका छन l
मोडल सङस नेपाल र युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको प्रबन्ध निर्देशक समेत रहेका मोडल डेभिल सिंह राजपुतले पत्रकारितामा समेत कलम चलाउदै आएका छन l मुलुकभर छरिएर रहेका मोडल बन्न इच्छुक युवा युवतीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरुको लागि नेपालि सिने नगरीमा स्थापित गराउदै आएका उनले भविष्यमा नेपालि संचार क्षेत्रलाइ तथा मोडलिङ क्षेत्रलाइ थप उचाईमा पुर्याउन दिनरात मेहनत समेत गर्दैछन l
समय अनुसार परिबर्तन हुदै गईरहेको नेपालि मोडलिङ क्षेत्रलाई थप ब्यबस्थित गरि अन्तराष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका मोडल राजपुत यस क्षेत्रको लागि एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रुपमा परिचित छन l देशको लागि केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा डेभिल सिंह राजपुत एक समाजसेवी समेत हुन l

प्रतिक्रिया