कास्कीमा गुण्डाराजको अन्त्य हुने :एसपि राना

इनेप्लिज २०७५ जेठ २ गते ११:०० मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कास्कीले यही जेष्ठ ०२ गते पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै मात्र सरुवा भई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखमा प्रहरी उपरीक्षक ओम बहादुर राना आए लगत्तै आगामी दिनमा जिल्ला प्रहरी कार्लालय कास्कीको नीति तथा कार्ययोजना जानकारी गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बाहदुर रानाले अपराधिक क्रियाकलाप उपर कानूनको कठोरतालाई आत्मसाथ गर्दै त्यस्ता गतिविधिहरु उपर विवेकपुर्ण प्रहार गरिने बताउदै कास्कीमा गुण्डागर्दी विरुद्ध निर्दयि रुपमा प्रस्तुत हुने र गुण्डाराज अन्त्य गर्ने समेत बताउनुभयो । साथै उहाँले आन्तरिक शुद्धिका लागि प्रविधियुक्ति नागरिक मैत्री प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सामाजिक विकृतीहरुलाई समेत निर्मुल पारिने वताउनुभयो ।

उपस्थित पत्रकारहरुले कास्कीको शान्तीसुरक्षाका विषयमा राखेको जिज्ञाशाहरुलाई सम्बोधन गर्दै उहाँले विश्व समुदायको समेत नजर रहने पर्यटकिय क्षेत्र कास्कीलाई अपराध रहित बनाउन आफू अहोरात्र तल्लीन रहने बताउदै पत्रकार लगयात सम्पुर्ण सरोकारवाला निकायहरुको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रतिक्रिया