२१ बर्षमै जननिर्वाचित भएका नेपालकै कान्छो वडाअध्यक्ष प्रकाश रावलको यस्तो छ विकासको योजना [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ जेठ २ गते ११:१७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर।  युवा अवस्था भनेको त्यागको अवस्था हो। भविष्यप्रति लगानी गर्ने मौका हो। जोस र जाँगरले भरिपूर्ण युवा अवस्थामा देश र समाजप्रति केही योगदान दिनु पर्छ। युवाहरुमा अदम्य साहस छ तर त्यो साहस र बुद्दिमतालाई सही परिचालनको खाँचो छ। त्यस अनुरुप सरकारी नीति नियम बन्नु पनि जरुरी छ। यस्तै जोस र जाँगरले भरिपूर्ण युवा मध्य एक हुन् नेपालको प्रदेश नं. ७ को अति विकट ठाउँ बाजुराका वडाअध्यक्ष प्रकाश रावल।

राजनीतिका नकारात्मक पक्षलाई बेवास्ता गर्दै नेपालको प्रदेश नं. ७ को अति विकट ठाउँ बाजुराको बडीमालिका नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष प्रकाश रावल २१ वर्षको कलिलो उमेरमा नै देश र जनताको लागि केहि गर्छु भनेर राजनीतिमा होमिएका छन्। अहिले केएमसी धनगडीमा मास्टर्स तहमा अध्यनरत प्रकाशको सोच कुनै पाको मान्छेको भन्दा कम छैन।

बाजुरा जिल्लाबाट ब्याचलर गरेका उनले पढदापढ्दै ने.बि संघ बाजुराबाट आफ्नो राजनीतिक यात्रा शुरुवात गरेका थिए । बिगतका राजनीति र राजनीतिज्ञहरबाट दिक्क भएर आफै राजनीतिमा लागेर आफ्नो क्षेत्रको विकास गर्ने सोचका साथ उनी स्थानीय चुनावमा सहभागी भएका हुन्।

भौगोलिक हिसाबले पनि पिछडिएको जिल्ला बाजुरा बाटोघाटो देखि लिएर हरेक विकासको कुरामा पछि परेको छ। युवा जनशक्तिहरु कामको अभावले अनि घरको नाजुक पारिवारिक अवस्थाले गर्दा काठमाडौँ अनि काठमाडौँबाट विदेश पलायमान हुने गर्छन्। तर उनलाई विदेशको कुनै मोह छैन। यहिँ विलौना गर्दै प्रकाशले आफ्नो ठाउँको विकास कार्य अघि बढाउने र रोजगारीको सिर्जना गर्ने योजना बनाएका छन्। उनले युवा पुस्तालाई विभिन्न खालको तालिमको व्यवस्था गरेर रोजगार दिने रणनीति तयार पारेको बताए। आफु मात्रै हैन आफ्नो ठाउँको कोहि पनि युवा विदेशिनु नपरोस भनेर उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन्।

उनी भन्छन्’,’युवाले युवालाई नै प्रोत्साहन गर्नु पर्छ र एक युवाले भनेको अर्को युवाले मान्छ नै। अब पालो हामी युवाहरु कै हो, आफ्नो ठाउँको विकास गर्ने पालो हाम्रै हो।’ अहिले उनी बडीमालिका नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष भए पछि हरेक वडामा बाटो पुगेको छ, कच्ची बाटो बिस्तारै पिच हुँदै छ, खानेपानी, कृषि तथा सिचाई समेत तिब्र परिवर्तन आएको उनको दावी छ।

२१ वर्ष कै उमेरमा वडाअध्यक्ष भएका प्रकाशले भविष्यमा व्यक्तिगत फाइदा नहेरी आफ्नै गाउँठाउँको विकासका लागि समर्पित हुने र जस्तोसुकै बाधाअर्चन आए पनि सहजै सामना गर्दै अघि बढ्ने अठोट लिएका छन्। उनी भन्छन् , ‘५ वर्ष पछि मेयरको दाबेदार हुन्छु त्यस पछि प्रदेश हुदै केन्द्र सम्म मेरो राजनीतिक यात्रा निरन्तर अगाडी बढ्नेछ। ‘

राजनीतिमा त्यही व्यक्ति सफल हुन्छ जसले समाज बुझेको हुन्छ । प्रकाश रावलले सामाजलाई राम्ररी बुझेका छन्। स्वयंसेवी भावना भएका प्रकाश आफ्नो कार्यमार्फत नै समाजमा उज्यालो प्रकाश छर्न चाहन्छन्।

हेर्नुहोस् प्रकाश रावलसँग गरीएको कुराकानी :

प्रतिक्रिया