चमत्कारी कुण्ड, डाक्टरले अब उपचार सम्भव छैन भनेर घर फर्केका बिरामीको रोग पनि कुण्डमा नुहाएपछी निको भयो(स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ जेठ २ गते २१:२४ मा प्रकाशित
वैज्ञानीक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि मान्न थालिएको छ । ठूला–ठूला अस्पतालमा उपचार असम्भव भनिएका विरामी यहाँको तातोपानीमा डुबुल्की मारेपछि निको हुन्छन् । मानवीय अनुवभलाई नै आधार मान्ने हो भने बेनीको तातोपानी अचुक औषधि सावित भएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडानम्बर ४ मा तातोपानी कुण्ड छ । कुण्डमा जम्मा हुने पानी मुहानबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको हुन्छ । जुन पानी अचुक औषधि सावित भएको छ । मध्य अमेरिकी मुलुक पाना मामा घरबाट खसेर गुल्मीका कृष्णबहादुर अधिकारीको हात–खुट्टा नचल्ने भयो ।उनले त्यहा धेरै उपचार गरे । चिकित्सकले हात–खुट्टा चल्दैन भनेपछि घर फर्किए । त्यसपछि उनी, बेनीको तातोपानी कुण्डमा स्नान गर्न पुगे । १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि उनको हात र खुट्टा अलि अलि चल्ने थालेको छ ।
नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् ।परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने विरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेका छन् । जमिनबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको यो तातोपानीमा बिरेनुनको स्वाद पाइन्छ । त्यही बिरेनुन स्वादको तातोपानी नै अचुक औषधी बन्ने गरेको छ ।
बेनीको यो तातोपानी औषधिको रुपमा प्रयोग भइरहेको भए पनि औषधिकै रुपमा वैज्ञानीक मान्यता पाएको छैन । मानविय अनुवभकै आधारमा भन्ने हो भने यो तातोपानी अचुक औषधि मान्नु पर्छ । त्यसैले यो तातोपानीबारे बैज्ञानीक अनुसन्धान आवश्यक छ ।हामिसंग विज्ञानलाई चुनौती दिन सक्ने चिज छ जसको प्रचार गर्ने सके संसारभरका मानिसले थाहा पाउने थिए तर यसको प्रचारप्रसार हुन् सकेको छैन
हेर्नुहोस यस्तो छ तातोपानी कुण्ड,यसरी निस्किन्छ पानी,यसरी जान सकिन्छ l स्थलगतरुपमा तयार पारिएको रिपोर्ट

प्रतिक्रिया