बुधबार, जेठ ९ २०७५ | Wed, May 23, 2018
नेपालको समय: २०:४६ | Washington DC: 11:01

एकीकृत पार्टीका केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौँ, ३ जेठ । नेकपा एममाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले लिएका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराए । प्रधानमन्त्री निवास बालुटारमा बसेको संयुक्त बैठकमा सपथ ग्रहण गराइएको हो ।

अब नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछन् । निर्वाचन आयोगबाट फर्केर राष्ट्रियसभा गृहमा एकता घोषणासभा हुँदैछ । यसका लागि सभागृहमा तयारी पूरा भएको छ ।

एमाले–माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति रहने भएको छ । स्थायी समितिमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।

२०७५ जेठ ३ गते १२:३९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी