अब हिजोजस्तो प्रचण्डलाई जयजयकार गर्ने मानिस हुँदैनन् : रेखा थापा

इनेप्लिज २०७५ जेठ ३ गते २१:१८ मा प्रकाशित

काठमाडौं, ३ जेठ । लोकप्रिय नायिका रेखा थापाले एमाले–माओवादीबीचको एकताले जनतामा रहेको निराशालाई अन्त्य गराउने विश्वास व्यक्त गरेकी छिन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नायिका थापाले एमाले–माओवादीबीचको एकताबाट आफू खुशि रहेको समेत बताईन् ।

उनले भनिन्,‘एमाले–माओवादी एकताको गृहकार्य नयाँ होईन, पुरानै हो, हामी फरक राजनीतिक दल भएरपनि हामीले निरन्तर शभुकामना दिँदै आएका थियौं, उहाँहरुले पार्टी एकता र स्थिर सरकारको नाममा अहिलेको जनमत ल्याउनु भएको सत्य हो ।’

नेपालमा साना–तिना विमती उठ्नेबवत्तिकै कम्युनिष्ट पार्टी फुट्ने गरेको ईतिहास छ, एमाले–माओवादीबीचको एकताले दिगो रुप लिन्छ त ? भनेर सोधिएको प्रश्नमा नायिका थापाले भनिन्,‘अबको विषय भनेकै यही हो, एमाले–माओवादी एक ढिक्का भएर अघि जान्छ या के गर्छ ? त्यो आगामी दिनहरुमा देखिँदै जाला, ईतिहाँसले कम्युनिष्टहरु फुट्न र जुट्नको लागि धेरै ठूलो घट्ना घट्नु परेको छैन्, मेरो कामना त उहाँहरु मिलेर बस्नुहोला, जनताको काम गर्नुहोला , भाषण कम तर काम बढि गर्नुहोस्, यहाँभन्दा पहिले बाँडिएका सपना र राष्ट्रियताका सन्दर्भहरुमा आफूले गरेको व्यबहारहरुको समिक्षा गर्नुहोला, तपाईहरुले गर्ने निर्णयले देशको शिर उँचो होस्, जनताको मन खुशि होस्, मेरो त यही शुभकामना रहन्छ ।’

अब त केपी शर्मा ओली रहँदैनन्, प्रचण्ड अबका दिनमा प्रचण्ड रहँदैनन् होईन र ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनिन्,‘व्यक्ति त रहन्छ, प्रश्नले माँगेको जवाफ व्यक्ति होईन जस्तो लाग्छ, त्यसैले ओली को हुन ? के हुन ? उहाँको विगत के हो ? त्यसका बारेमा मभन्दा बढि जानकार नेपाली जनता हुनुहुन्छ, कुरा रह्यो प्रचण्डको, उहाँको बारेमा पनि त्यही हो, १७ हजार जनताहरुको रगतले लेखिएको नाम हो प्रचण्ड, अबका दिनमा त्यो नामको गरिमा रहँदैन भन्न सकिन्छ, उहाँ पुष्पकमल दाहाल मात्रै हो, प्रचण्ड रहनुभएन ।’

उनले भनिन् ‘जनताको नायक बनेर काम गर्नु र कुनै पार्टीसँग एकता गरेर हिजोका दिनहरुमा विचार र सिद्धान्तले रचेको ईतिहाँसलाई बिर्सिनु कसैको लागि फाईदा हुँदैन, एमाले–माओवादी एकता आफ्नै बलबुताले भएको हो भने दिगो होला, बिदेशीको ईसारामा भएको हो भने हामीले धेरै समय कुर्नैपर्दैन, समयले बताउँनेछ ।’

एमाले–माओवादीबीच भएको सम्झौता अनुसार माओवाद–लेनिनवाद विचारधारा छ, यसरी हेर्दा ‘प्रचण्ड’ नामक विम्ब रहेन भन्न मिल्छ ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भनिन्,‘विचारको आधारमा राजनीति हुन्छ, त्यसमा कुनै दुईमत नै भएन्, तर व्यबहार पनि त राजनीतिको अभिन्न अंश हो नि, विरासतलाई खेलाँची गर्न पार्इँदैन होला नि, मेरो भनाई यति हो नि हिजोजस्तो प्रचण्डलाई जय–जय गर्ने मानिस हुँदैनन् ।’

नायिका थापाले मुलुकमा दुईवटा मात्रै राजनीतिक दल भए पुग्ने समेत धारणा राखेकी छन् । उनले भनिन्,‘हाम्रो देशको आवश्यकता अनेकौं राजनीतिक दलहरुको होईन, लोकतान्त्रिक र कम्युनिष्ट भए पुग्छ, राजनीतिक लक्ष्य एउटै हुन्छ, जनता र राष्ट्रको भलाई, सबै पार्टीहरु विचार मिल्नेसँग एकता गरेर अघि बढ्दा हुन्छ ।’

प्रतिक्रिया