क्यानडामा व्यवसायमा एभरेष्ट रियल्टी बोक्रेजको आगमन

इनेप्लिज २०७५ जेठ ७ गते २१:०२ मा प्रकाशित

हामी हाम्रो शिर भनेर परिचय दिने सगरमाथा माउण्ट एभरेष्टको नामबाट पनि प्रख्यात छ । नाममा नै सब थोक हुन्छ । त्यही नामको दौडमा मानिसहरु अनैतिकसमेत बनेको देखेका छौं । विश्वको ऊच्च शिरख सगरमाथालाई सन् १८६५ मा बृटिश नागरिक जर्ज एभरेष्टले पहिलोपटक नापेर ऊचाई ८,८४८ मिटर रहेको प्रमाणित गरेको हुनाले उनैको नामबाट सगरमाथालाई एभरेष्ट भनेर चिनिन थालिएको हो । यो नामले विश्वभरीनै आफ्नो बेग्लै पहिचान बनाएको छ । दूरदेश क्यानडामा पनि व्यवसाय गर्ने नेपालीहरुले एभरेष्ट नामलाई प्राथमिकता दिएको देखिन्छ । एभरेष्ट पलम्बिङ्गपछि अब एभरेष्टको नामबाट रियलस्टेटको क्षेत्रमा एउटा ब्राण्ड नाम बन्ने गोरेटोमा अगाडि बढेको छ । घरजग्गा किनबेच ( रियलस्टेट) को क्षेत्रमा धेरैनै प्रतिष्ठित अकम्पनीहरु वर्षैदेखि जरा गाडेर बसेका छन् । ती भीडमा एभरेष्ट रियालिटी लिमिटेड ब्रोकेज नितान्त एउटा नौलो नाम हुन गई रहेको छ । गत मार्च २०१७ मा कम्पनी दर्ता गराएर शुरु गरेको एभरेष्टले यहाँका स्थापित कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै ब्यवसाय अगाडि बढाउनु पर्छ । यो एउटा चुनौतिपूण काम हो । तर अंग्रेजीको इम्पोसिबल शब्दमा पोसिबलअगाडि आई र एम अक्षर आउने गर्छ जसले आई एम पोसिबलको अर्थबोध गराउछ । यही सत्यलाई आत्मसात गर्दे हिड्नेले सफलता पाउने गर्दछ । संसारकै अग्लो हिमाल, नेपालीको शिर सगरमाथा अर्थात एभरेष्टकै नामबाट क्यानाडामा ब्यापारिक फर्म जन्मिएको छ त्यो हो ‘एभरेष्ट रियल्टी लिमिटेड’।

हिजो एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कम्पनीका बारेमा परिचय गराउदै नेपालीहरुको लागि कम्पनी शुरु गरएको जानकारी गराइएको थियो । नेपालबाहिर सम्भवतः नेपालीहरुको प्रयासमा पहिलोपटक खोलिएको एभरेष्ट रियल्टी लिमिटेडले बिशेष गरी क्यानाडाको टोरोन्टो आसपासमा घरजग्गाको कारोबार गराउदै आएको छ । २०१७ देखि संचालनमा रहेको यस कम्पनीले अहिलेसम्म ५० वटा घरहरुको कारोबार गरी सकेको छ । यसको थालनी क्यानडामा १६ वर्ष अगाडिदेखि घरजग्गा किनबेचको क्षेत्रमा काम गर्दै आएका मदन क्षेत्री ‘माइक’ बाट भएको थियो । आज यस समूहमा नेपालीसंगै दक्षिण एशियाका रियलेटर क्षेत्रमा काम गर्ने समूह नै तयार भएको । पत्रकार सम्मेलनमा कम्पनीका बिजनेस एण्ड एकाउण्ट मेनेजर मान पौडेलले जानकारी गराए अनुसार कम्पनीमा १० जना एशोसियट सदस्यहरु आबद्द छन् । कम्पनीका मार्केटिङ्ग तथा अपरेटिङ्ग मेनेजर अनिल थापाका अनुसार कम्पनीले नेपालीहरुलाई रियल स्टेट सम्बन्धी सेवा सुविधा चाहिएमा आफूहरु जुनासुकै हिसाबले पनि सहयोग गर्न तयार रहेको र घर जग्गा सम्बन्धी सुचना आदान(प्रदान गरीने , घर किन्न भन्दा अगाडि हुनुपर्ने पुर्वाधारहरु बारे ग्राहकलाई सचेत गराउने, फाइनान्सियल,मोर्जेग, क्रेडिड स्कोर सम्बन्धी बिना शुल्क परामर्ष दिईने जस्ता बिशेषताहरु कम्पनीको रहेको जानकारी गराउनु भएको थियो ।

पत्रकारहरुको जिज्ञाषामा विशेष गरेर नेपालीहरुले नेपालीसंग यस्तो कारोबार गर्न नचाहेको र अनुभवि नेपालीलाई छोडेर गोरो छालातिर लाग्नु पर्ने कारणलाई प्रष्ट पार्दै उपस्थित कम्पनीका राज महत, मान पौडेल, बाबु कँडेल र अनिल थापाले दिएको जानकारी अनुसार नेपालीहरु आफ्नो आर्थिक हैसियतका बारेमा नेपालीलाई भन्न हिच्किचाउने भएको हुन सक्ने अनुमान गर्दे क्यानडामा कुनै पनि कम्पनीले व्यक्तिगत जानकारी अरुकसैलाई दिन मिल्दैन । तसर्थ यस तर्फ निसञ्कोच रहे हुन्छ भन्दै एभरेष्टले नेपालीहरुलाई चाहेको ठाँउमा सस्तोमा घर मिलाइदिनेबाट लिएर घरको सही मूल्याङ्कनमा पनि सहयोग गर्ने जानकारी दिएका छन् । बेचबिखानमा पनि चलेको मूल्य तोक्नबाट लिएर घरलाई सम्हार र मरमत गर्ने जिम्मा पनि लिने गरेको जानकारी गराएका थिए । घर किन्दा मूलतः त्यसको आन्तरिक बनोटका बारेमा सही जानकारी भएन भने पछि पछुताउने गरेको देखिएकोले यस तर्फ भने एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले सबै जिम्मा लिएर जानकारी गराएर ढुक्क बनाएपछि मात्र घर किन्न लगाउने बाँचा गरेको छ ।

एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले पत्रकार सम्मेलनको अन्त्यमा कम्पनीले नयाँ एजेन्टहरुलाई मिलेर सँगै काम गर्ने आव्हान गर्दै यस क्षेत्रमा काम गर्न चाहनेलाई प्रोत्साहितसँगै उचित तालिम दिएर लाईसेन्स उपलब्ध गराउनमा पनि सहयोग गर्ने जानकारी दिएका थिए । नेपालबाहिर पनि नेपालीहरुका मिलेर बस्दै एकअर्काको व्यवसायमा सहयोग गर्दै जाने बानी बसाले हामीले नेपालबाहिर पनि एउटा सानो नेपाल बनाउन सक्षम हुन सक्छौं । तर यसमा व्यवसायको प्रतिवद्धता र विश्वास अनिवार्य रहने गर्दछ ।

पत्रकारहरुको जिज्ञाषामा विशेष गरेर नेपालीहरुले नेपालीसंग यस्तो कारोबार गर्न नचाहेको र अनुभवि नेपालीलाई छोडेर गोरो छालातिर लाग्नु पर्ने कारणलाई प्रष्ट पार्दै उपस्थित कम्पनीका राज महत, मान पौडेल, बाबु कँडेल र अनिल थापाले दिएको जानकारी अनुसार नेपालीहरु आफ्नो आर्थिक हैसियतका बारेमा नेपालीलाई भन्न हिच्किचाउने भएको हुन सक्ने अनुमान गर्दे क्यानडामा कुनै पनि कम्पनीले व्यक्तिगत जानकारी अरुकसैलाई दिन मिल्दैन । तसर्थ यस तर्फ निसञ्कोच रहे हुन्छ भन्दै एभरेष्टले नेपालीहरुलाई चाहेको ठाँउमा सस्तोमा घर मिलाइदिनेबाट लिएर घरको सही मूल्याङ्कनमा पनि सहयोग गर्ने जानकारी दिएका छन् । बेचबिखानमा पनि चलेको मूल्य तोक्नबाट लिएर घरलाई सम्हार र मरमत गर्ने जिम्मा पनि लिने गरेको जानकारी गराएका थिए । घर किन्दा मूलतः त्यसको आन्तरिक बनोटका बारेमा सही जानकारी भएन भने पछि पछुताउने गरेको देखिएकोले यस तर्फ भने एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले सबै जिम्मा लिएर जानकारी गराएर ढुक्क बनाएपछि मात्र घर किन्न लगाउने बाँचा गरेको छ ।

एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले पत्रकार सम्मेलनको अन्त्यमा कम्पनीले नयाँ एजेन्टहरुलाई मिलेर सँगै काम गर्ने आव्हान गर्दै यस क्षेत्रमा काम गर्न चाहनेलाई प्रोत्साहितसँगै उचित तालिम दिएर लाईसेन्स उपलब्ध गराउनमा पनि सहयोग गर्ने जानकारी दिएका थिए । नेपालबाहिर पनि नेपालीहरुका मिलेर बस्दै एकअर्काको व्यवसायमा सहयोग गर्दै जाने बानी बसाले हामीले नेपालबाहिर पनि एउटा सानो नेपाल बनाउन सक्षम हुन सक्छौं । तर यसमा व्यवसायको प्रतिवद्धता र विश्वास अनिवार्य रहने गर्दछ

प्रतिक्रिया