युके,
आजको बिशेष प्रस्तुती रोधीघर स्पेसल लोक गायक निलमणि भण्डारीको दोहोरी घम्सा घम्सी भाका ”तिम्रै झल्को तिम्रै तिर्सना” लाइव बसाईमा अत्यन्तै मीठो स्वरकी धनी, शब्दकी धनी, रुपकी पनि उत्तिकै धनी, नव गायिका बसन्ती पुन् मगर, साथमा गायिका मुना भट्टराई र निलमणि भण्डारी ।
को हुन् निलमनी भण्डारी उनकै आफ्नो शब्दमा,
जन्मस्थान् भोजपुर दिँङ्गला,पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी,जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु,मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने,र अपाङ्ग जिवन।
देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु,
अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ। जय होस्।
प्रतिक्रिया