अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले गर्‍यो राधेश्यामको सम्मान

इनेप्लिज २०७५ जेठ ८ गते २१:४६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले वाशिङ्टन डिसीमा एक कार्यक्रमको आयोजना गरी अनेसासका बरिस्थ उपाध्यक्ष एवम् नेपाल शाखा अध्यक्ष राधेश्याम लेकालीलाइ सम्मान गरेको छ । साहित्यिक पत्रकार संघ मार्फत लामो समय देखी र अनेसासमा रही लेकालीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले खादा, अमेरिका उपाध्यक्ष प्रकाश नेपालले माला र वाशिङ्टन डिसी मेट्रो कमिटी अध्यक्ष एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सम्मानपत्र प्रदान गर्दै वहाँको स्वागत र सम्मान गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अमेरिका उपाध्यक्ष प्रकाश नेपाल, सल्लाहकार सुदीपभद्र खनाल, पत्रकार गुणराज लुइँटेलले लेकालीका बारेमा बोल्दै वहाँका बारेमा र अनेसासका बारेमा आफ्ना मन्तव्य राख्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले श्री  लेकालीले अनेसास र साहित्य क्षेत्रका लागि नेपाल मा रहेर वहाँले पुर्‍याउनुभएको योगदान स्मरानीय भएको बताउनुभयो ।

सम्मान ग्रहण गरिसकेपछी अनेसासका बरिस्थ उपाध्यक्ष एवम् नेपाल शाखा अध्यक्ष राधेश्याम लेकालीले सम्मान गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी प्रति आभार प्रकट गर्दै आफू साहित्य क्षेत्रमा सधैँ लागिरहने प्रण गर्नुभयो । वहाँले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नेपालका गतिविधि देखी विविध पक्षमा पनि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भूपनारायण घर्तिमगरले सञ्चालन गर्नुभएको थियो ।

सम्मान समारोह पछि लेकालिको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फबाट रात्रीभोजको समेत आयोजना गरिएको थियो । सम्मानित श्री लेकालीजी लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको तर्फबाट हार्दिक बधाई र वहाँको निरन्तर योगदानको कामना गर्दछ ।


Image may contain: Gunaraj Luitel, Radheshyam Lekali, Homnath Subedi and Ram Prasad Khanal, people standing and suitImage may contain: 3 people, including Suzana Neupane Khanal, people smiling, people standing
Image may contain: 4 people, including Radheshyam Lekali and Prakash Nepal, people smiling, people sitting and suit
Image may contain: 3 people, people sitting and indoor
Image may contain: Ram Prasad Khanal, Radheshyam Lekali and Gunaraj Luitel, people smiling, people standing and indoor

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजद्वारा वाशिंगटन डिसीमा पत्रकार तथा साहित्यकार राधेश्याम लेकालीको स्वागतमा आयोजित कार्यक्रम

Posted by Enepalese on Monday, May 21, 2018

प्रतिक्रिया