अमेरिकामा अस्थाई सुरक्षित दर्जा (टिपीएस) सुबिधा नबिकरण दर्ता गर्न दुई महिनाको म्याद खुला

इनेप्लिज २०७५ जेठ ९ गते १:५१ मा प्रकाशित

मे २२ ,अमेरिकन सरकारले अमेरिकामा आई अस्थाई सुरक्षित दर्जा (टिपीएस) सुबिधा पाएकाहरुलाई पुन नबिकरण दर्ता गर्न दुई महिनाको म्याद खुला गरेको छ ।
आज वक्तव्य मार्फत जानकारी सार्बजनिक गर्दै ६० दिन भित्र अर्थात् मे २२ देखि जुलाई २३ तारिख सम्म अस्थाई सुरक्षित दर्जा (टिपीएस) पाएकाहरुले पुन: दर्ता गर्नु पर्ने जनाएको छ ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई दिदै आएको अस्थाई सुरक्षित दर्जा सुबिधा नविकरण आज बाट खुला गरिएको हो । यसको साथै यो सुबिधा या अघि भर्न चुकेका र नभरेकाले पनि बिलम्ब दर्ता (लेट रजिस्ट्रेसन) गर्न पाउने उक्त समयाबधी ६० दिनको म्याद दिईएको छ ।

यसको साथै नयाँ दर्ता गर्नेहरु पनि सन् २०१५ को जुन २४ देखि निरन्तर अमेरिकामा रहेको हुनु पर्ने छ । तर सन् २०१५ , जुन २४ पछि अमेरिका आई पुगेका नेपालीहरुले बिलम्ब दर्ता (लेट रजिस्ट्रेसन) गर्न र अस्थाई सुरक्षित दर्जा पाउने छैनन् ।

यस सुबिधा उपयोग गरि रहेका तथा ढिलो दर्ता गर्नेहरुल बिधुतिय प्रणाली(ई फ़ाईलिङ्ग ) बाट सम्बन्धित निकायमा पठाउन पाउने छैनन । यसको लागि आवेदन पत्र भरेर युएससिआईएसको भौतिक ठेगानामा हुलाक मार्फत पठाउनु पर्ने छ ।

गत अप्रिल २६ तारिख नेपाललाई दिई रहेको अस्थाई सुबिधा दर्जा नविकरण नहुने जनाएता पनि २०१९ को जुन २४ एक बर्ष को लागि सम्म समय अवधि थपेको थियो । हाल अस्थाई सुरक्षित सुबिधा लिएका नेपालीहरुको संख्या १४ हजार ७९१ रहेको छ ।

पत्राचार गर्नु पर्ने ठेगाना ,U.S. Citizenship and Immigration Services, Attn: TPS Nepal, P.O. Box 6943, Chicago, IL 60680-6943 रहेको छ ।

प्रतिक्रिया