गोरेको बयान : सुन भारतीयको हो, कसैलाई मारेर मलाई खान आउँदैन (भिडियो)

इनेप्लिज २०७५ जेठ ९ गते २३:३७ मा प्रकाशित

काठमाडौं, ९ जेठ । सुन डन भनिएका चुडामणि उप्रेती गोरेल आफु सुन पास गराउने भरियामात्र भएको बताएका छन् । गायब भएको साढे ३३ किलो सुन भारतीयको भएको बताएका उनले भुजुङ गुरुङ, छिरिङ भन्ने र एमके भन्ने मोहनकुमार अग्रवालको दबाब आफुलाई रहेको भारतमा गरेको भिडियो रेकर्डको बयानमा भनेका छन् ।

सुन प्रकरणबारे आफैंले रेकर्ड गरेको भिडियोमा भनेका छन्,‘सनमको हत्या मैले गरेको होइन । अनिल ठकुरी र मने भन्ने थिए । तर सबै दोष मलाई लगाइयो ।’

उनले रेकर्ड गरेको भिडियो बयानमा सनमलगायतका टिमका साथीबीच खाने पिउने र झगडा हुने गरेको बताएका छन् । भिडियोहरूमा गोरेले यातना दिएको प्रस्ट देखिए पनि उनको यो अभिव्यक्ति आएको हो ।

उनले भनेका छन्,‘हामी वर थियौं पछि सनम मरो भन्ने खबर आए पछि मैले लास व्यवस्थापनका लागि मामा भनिने बालकृष्ण सञ्जेललाई बोलाएको हुँ । पैसाको लेनदेनको कुरा भएको थिएन ।’

उनले पटक–पटक आफुलाई मारेर खान नआउने बताउँदै आत्मसमर्पण गर्न चहान्छु भन्दै उर्लाबारीबासीले ढुङ्गाले हानेर मारे पनि हुने बताएका छन् ।

बारम्बार आफुमाथि दबाब रहेको बताए उनले भिडियोको अन्त्यमा आफ्नै सुरक्षाको खाँचो रहेको बताएका छन् । तर कसको दबाब छ भन्ने खुलाएका छैनन् ।

गोरेलाई पक्राउ गरी मंगलबार सार्वजनिक गर्दै जिल्ला अदालतमा बुझाइसकिएको छ । जिल्ला अदालत मोरङमा उनको बन्द इजलाशमा बयान लिइएको छ । अदालतको बयानबारे भने केही खुलाइएको छैन ।

प्रतिक्रिया