डिसीमा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि संग भेटघाट

इनेप्लिज २०७५ जेठ १० गते ०:३९ मा प्रकाशित

डिसीमा नेपाली कांग्रेसका बर्तमान उने का प सभापति तथा पूर्व नेपाल सरकारका गृह मन्त्रि बिमलेन्द्र निधि संग नेपाली जन सम्पर्क समितिका पदाधिकारी तथा शुभ चिन्तकहरुले भेटघाट गरेका छन् ।

नेपाली जन सम्पर्क समिति भर्जिनिया ले आयोजना गरेको भेटघाट कार्यक्रममा गत मे २१ तारिख कार्यक्रमको आयोजना गरेको थियो । उप सभापति निधि आफ्नी धर्म पत्नी अनामिका निधिको साथमा उनका सुपुत्रको जन हप्किन्स बिश्व बिद्यालय बाल्टिमोरको दिक्षान्त समारोहमा निजि भ्रमणमा आएको अवसरमा भेटघाट तथा रात्री भोजनको आयोजना गरेको थियो । यसको साथै जन सम्पर्क समितिका पदाधिकारीहरु डलस बिमान स्थलमा स्वागत गर्न समेत पुगेका थिए ।

उक्त अनौपचारिक कार्यक्रममा भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले निधि परिवारलाई उपस्थिति जनाई दिएकोमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा भूपू माननीय टंक शर्मा कंडेल को पनि उपस्थिति रहेको थियो । कंडेलले वर्तमान अवस्थामा ने का तथा नेपाली कांग्रेस संग आबद्ध देश बिदेशमा रहेका शुभ चिन्तक ,कार्यकर्ता ले आफ्ना अग्रज नेता बिपी ,गणेश मान ,गिरिजा बाबु , बिमलेन्द्र निधि जस्ता को त्याग र कर्मलाई आत्म साथ राखी अगाडी बढाउनु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा उपस्थित सबैले आ आफ्नो परिचय सहित अगाडी बढाईएको कार्यक्रममा बोल्दै समाज सेवी तथा ने का शुभ चिन्तक भरत रेग्मीले प्रशिक्षण प्रतिष्ठानले ठोस ब्यबहारमा हु माग राख्दै नेकाले जिम्मेबारी दिए त्यस कार्यको लागि आफूले सबैको सहयोग गर्दै कार्य योजना निधि समक्ष लिखित रुपमा पेश गर्नु भएको थियो ।

कार्यक्रममा नेका का आमन्त्रित केन्द्रिय सदस्य अध्यक्ष आनन्द बिष्टले निधि परिवार को भ्रमण सुखद तथा सुखमय रहोस भन्ने शुभकामना सहित आगामी दिनमा जन सम्पर्क समिति अझ संगठित भई देस मा सेवामा संलग्न हुन् सक्ने बताउनु भयो ।

कार्यक्रममा मुख्य अतिथि निधिले कार्यक्रम को आयोजना गरेकोमा आयोजक लाई धन्यबाद दिदै आफ्नो अत्यन्तै पारिवारिक भ्रमण रहको बताउनु भयो ।

सो अवसरमा कार्यकर्ताले सोधेका प्रश्न को उत्तर पनि दिनु भएको थियो । निधिले पार्टीका कमि कमजोरी सुधार उन्मुख को कुरा ,सरकार लाई असल कार्यमा सहयोग गर्ने नीति ,गणतन्त्र को रक्षा तथा समृद्धि गर्दै निर्वाचन पछि स्थापित सबै राजनैतिक रचना को रक्षा तथा सम्बर्धन गर्ने कुरामा जोड दिनु भयो ।

सो अवसरमा हालको निर्वाचन बाट स्थापित पूर्ण गणतान्त्रत्मक संरचना मा नेका ले आफु संख्या कम्जोर भए पनि खेलेको भूमिका महत्वपूर्ण छ भन्नु भयो । यो राजनैतिक उपलब्धि को आधारमा यो राजनैतिक संरचना को संरक्षण सम्बर्धन गरे आर्थिक विकासमा फड्को मार्नु पर्ने बताउनु भयो ।

बहुदलीय व्यवस्था अपनाएको हुदा नेका को भबिस्य पूर्व सुर्यमा उज्यालो र निश्चित छ भन्नु भयो । सबैलाई यो चुनावमा पराजय पछि को स्थिति लाई अध्ययन विश्लेषण गर्दो आगामी दिनको लागि ढुक्क हुन् भन्नु भयो ।

कार्यक्रमको अन्त्यमा नेका ज स समिति का केन्द्रिय उपाध्यक्ष केशब वरालले आफ्नो मन्तब्य राख्दै निधि परिवारको भ्रमण को शुभकामना तथा सफलता कामना गर्नु भयो ।

कार्यक्रममा ने बि संघ अमेरिका शाकाह का महेन्द्र शाहले आफ्नो तर्फ बाट शुभकामना तथा स्वागत गर्नु भएको थियो । यसतै उपस्थित कृष्ण पौडेल ,ददिराम ढुंगाना ,भक्ति पन्त ,सागर कंडेल ,सुरज ,हरि अधिकारी ,प्रेम सुबेदी ,बुद्धि गौडेल ,किरण लामा ,महेन्द्र शाह ,देश राज संयोग को उपस्थिति तथा प्रस्नोउत्तर मा सामेल हुनु भएको थियो ।

प्रतिक्रिया