न्युयोर्कमा आफ्नै ३० बर्षिय छोरालाई आमाबुवाले घर बाट यसरी निकाले

इनेप्लिज २०७५ जेठ १० गते १९:१८ मा प्रकाशित

न्युयोर्कमा आफ्नै ३० बर्षिय छोरालाई आमाबुवाले घरमा बस्न नदिए पछि अन्तत्वगत्वा घर आफै छोड्ने भएका छन् । अमेरिकामा वयस्क भए पछि बाबुआमा को घर छोड्नु नै बुद्धिमानी हुन्छन भन्ने गरिन्छ ।

अमेरिकामा १८ बर्ष भए पछि अधिकांश किशोर किशोरी आफै घर बाट निस्कने गर्छन । अमेरिकामा २१ बर्ष पछि मात्र मादक पदार्थ पिउन पाइन्छ । ३४ बर्ष अगाडी १९८४ जुलाई १७ तारिखमा मा उक्त राष्ट्रिय स्तरमा बिधेयक पारित गरेको हो । यसै गरि १८ बर्ष अगाडी पनि घर छोड्न चाहेमा आफ्ना मातापिता लाई छोडेर जान सक्नेछन् । तर १८ बर्ष पुगे पछि सल्लाह गरेर जान्छु भन्यो भने अनुमति दिने चलन छ।

अमेरिकाको न्युयोर्क शहरमा आफ्नो छोरालाई घर छोड्न ५ पटक सूचना पठाउनु पर्यो । र घर छोडे पछि केहि आर्थिक सहयोग गर्ने समेत बाबुआमाले दिने इच्छा गरेका छन् । गत मंगलबार मे २२ तारिख छोरा संग को झगडा अदालत सम्म पुगी अदालतले मातापिता को पक्षमा फैसला सुनाएको छ ।

माइकल रोटोन्ड़ो नामक ३० बर्षिय मानिस अदालतले आमा बुवाको घर छोड्न आदेश दिएको छ । माइकलले ८ बर्ष सम्म उक्त कोठा प्रयोग गरेका थिए । तर रोटोन्ड़ो ले घर छोड्ने ६ महिनाको सूचना पाए पछि विवाद गरेका थिए ।

उनले सीएनएन को अर्को संजाल एचएलएन संग बुधबार मे २३ तारिख कुरा गर्दै आफूले घर छोड्ने बताएका थिए । तर आफू त्यहाँ बस्न मन नलागेको बताएता पनि कुनै उपाय नभएको बताएका छन् ।

उनले अगाडी भने मेरा मातापिता तुरुन्तै घर बाट म बाहिर गएको हेर्न चाहन्छन तर उनीहरु प्रयाप्त समय दिन ईच्छुक नभएको बताएको कुरा सीएनएनले लेखेको छ ।

प्रतिक्रिया