आफ्नै पुत्लासँग काजोलको सेल्फी

इनेप्लिज २०७५ जेठ ११ गते २:२० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री काजोलले आफ्नै पुत्लासँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले सँधै काजोलको फ्यान हुन सन्देश पनि दिएकी छन् ।

अभिनेता अजय देवगणसँगको वैवाहिक जीवनपछि फाट्टफुट्ट फिल्म खेलेकी काजोलको पछिल्लो ‘दिलवाले’ले बजार तताएको थियो । उनी घरमा बच्चाहरूको रेखदेखमा व्यस्त हुने गरेकी छन् ।

९० को दशकदेखि सन् २००५ सम्म काजोलको चर्चा चुलिएको थियो । उनले यो सेल्फी आइफा अवार्डमा राखिएको प्रतिमूर्तिसँग लिएकी हुन् ।

प्रतिक्रिया