होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभागले अन्तर्राष्ट्रिय उद्यमी नियमलाई खारेज गर्ने संकेत

इनेप्लिज २०७५ जेठ ११ गते २१:०० मा प्रकाशित

अमेरिकाको होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभागले अन्तर्राष्ट्रिय उद्यमी नियम ( आईई अन्तिम नियम)लाई अन्त्य गर्न प्रस्ताव अघि सारेको छ । जस अन्तर्गत केही विदेशी उद्यमीहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा आउन अनुमति पेरोल (जमानी )मार्फत दिदै आएको अन्तर्राष्ट्रिय उद्यमी नियमलाई पूर्ण बिराम लगाउने छाट देखिएको छ ।

होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभागले गत बर्ष जुलाई २०१७ मा आईई अन्तिम नियमलाई गत मार्च १४ ,२०१८ मा कार्यान्वयन मिति ढिलो गर्न अन्तिम नियम प्रकाशित गरेको थियो । साथै विभागलाई आईई अन्तिम नियम मसौदा गर्न समय दिएको थियो । गत बर्ष दिसेम्बर २०१७ मा अदालतले ढिलो गर्ने नियम रद्ध गरेको थियो ।

डीएचएस अहिले आईई अन्तिम नियम समाप्त गर्नको लागी प्रस्ताव गरि रहेको छ किनभने विभाग यो ठान्दछ कि यो पेरोल व्यापक व्याख्याको विस्तृत व्याख्याको प्रतिनिधित्व गर्दछ भनि उल्लेख गरेको छ । अमेरिकाका कर्मचारी तथा लगानीकर्ताहरु पर्याप्त सुरक्षाको कमी भएको महसुस तथा अन्तर्राष्ट्रीय उद्यमिहरुको लागि आकर्षित बनाई राख्नको लागि उपयुक्त समाधान हैन भनि होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभागले छापा बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

नियम अनुसार होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभागले संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बैयक्तित व्यक्तिहरूलाई पेरोल गर्न अनुमति दिनुको साथै तत्काल मानवअधिकार कारणहरू वा महत्वपूर्ण सार्वजनिक लाभका आधारमा हरेक मामलालाई ध्यान दिदै अधिकार दिने कुराको चर्चा गरेको छ ।

आप्रवासन र राष्ट्रीयता ऐनले पहिले नै प्रवेश आज्ञा वर्गीकरण प्रदान गरेको छ । जुन केहि उद्यमीहरूलाई व्यवसाय सुरु गर्न र संयुक्त राज्यमा काम गर्न सक्षम गर्दछ । जस अनुसार ई- २ ननइमिग्रान्ट क्लासिफिकेसन तथा ईबि इमिग्रान्ट क्लासिफिकेसन नामक रहेका प्रवेश आज्ञा हुन् ।

होमल्याण्ड सिक्योरिटी (डीएचएस) विभाग सबै अवस्थित रोजगार आधारित आप्रवासी वा गैरआवासीय प्रवेशआज्ञा कार्यक्रमहरूको समीक्षा गरि रहेको बताउदै अखंडता सुनिश्चित गर्न र अमेरिकी लगानीकर्ता र कर्मचारीहरूको हितको रक्षा गर्न प्रतिबद्ध छ भनि जनाएको छ ।

प्रतिक्रिया