हिमालयन बैंक कर्मचारी युनियनमा गौतम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति, बैंकका सिइओ अशोक राणाबाट नवनिर्वाचित टिमलाई बधाई

इनेप्लिज २०७५ जेठ ११ गते २२:३० मा प्रकाशित

हिमालयन बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक शम्शेर राणले बैंक कर्मचारी युनियनको सम्पन्न निर्वाचनबाट नवनिर्वाचित नयाँ कार्यसमिति टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ । सिइओ राणाले बैंक र कर्मचारी सँगसँगै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । Together We Can भए मात्र बैंक र कर्मचारी दुबैको बृत्ति र विकास सम्भव भएको बताउदै राणाले सामूहिक एजेण्डाको साथ नवनिर्वाचित नयाँ टीमलाई अगाडी बढ्नुपर्नेमा सुझाव दिनुभयो ।

बधाई तथा शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतम भण्डारीलाई निर्वाचन समितिले शपथ गराए भने अध्यक्ष भण्डारीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण गरेलगत्तै अध्यक्ष गौतम भण्डारीले बैंकको विकास र कर्मचारीको सामूहिक हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बैंकका कार्यकारी अधिकृत अशोक शम्शेर राणा, बैंकका डारेक्टहरु, सिनियर जनरल म्यानेजर, मानव संसाधन बिभागका प्रमुखको उपस्थितीमा निर्वाचन समितिका संयोजक प्रकाश भण्डारीले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

शपथ ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रकाश भण्डारीले निर्वाचन सफल गराउन सहयोग पुर्याउने बैंक व्यवस्थापन, कर्मचारी युनियन लगायतका सबैलाई मुरी मुरी धन्यवाद दिदै नवनिर्वाचित नयाँ टिमलाई बैंक र कर्मचारीको भावनाअनुसार काम गर्नका लागि सुझाव दिनुभयो ।

गौतम भण्डारीको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति

सम्पन्न निर्वाचनमा  गौतम भण्डारी अध्यक्ष सहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा रबिन्द्र रञ्जित, महासचीवमा अच्युतराम केसी, सचीवमा सुवास भण्डारी, कोषाध्यक्षमा दीपक गौतम निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अर्चना भण्डारी, भरतराज उप्रेती, अस्मिता श्रेष्ठ, मोहन खनाल, मधुसुदन तण्डुकार र सोमराज कार्की विजयी भएका छन् ।

सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिका संयोजक प्रकाश भण्डारी लगायतको टीमलाई बैंकका सिइओ अशोक राणा, नवनिर्वाचित अध्यक्ष गौतम भण्डारी लगायतका पदाधिकारी तथा मानव संसाधन विभागको तर्फबाट धन्यवाद प्रदान गरिएको थियो ।

हिमालयन बैंकको छविलाई उच्च बनाउदै, हिमालयन बैंकको छाताभित्र रहका सम्पूर्ण कर्मचारीहरुको सामूहिक हक हितका काम गर्दै आएको कर्मचारी युनियनको दायित्व अबको कार्यसमितिको हुनुपर्ने कर्मचारीहरुले माग छ ।

प्रतिक्रिया