युनाईटेड नेप्लिज एसोसीएसन् (युएनएन) को तेश्रो सम्मेलनको पहिलो दिन सम्पन्न

इनेप्लिज २०७५ जेठ १३ गते १२:१३ मा प्रकाशित

विजय थापा /कृष्ण केसी ,टेक्सस ,मे २७ ,युनाईटेड नेप्लिज एसोसीएसन् (युएनएन) को तेश्रो सम्मेलनको पहिलो दिन सम्पन्न भएको छ । मे २६-२७ तारिखमा हुने उक्त सम्मेलनमा बिशेष गरि दिन भरि खेलकुद कार्यक्रमको आयोजना गराईएको थियो ।

आज पनि बाकि रहेका खेलहरु गराइने छन् भने उनीहरुलाई आझ साँझ बिशेष पुरस्कार वितरण तथा बिजेता टोलीको घोषणा गरिने छ । उक्त सम्मेलनको लागि अस्ट्रेलिया बाट गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रियका निवर्तमान अध्यक्ष शेष घले तथा वहाकी जीवन संगिनी तथा संघकि निवर्तमान अन्तरराष्ट्रिय सदस्य जमुना गुरुङ घले समेत आउनु भएको छ । आज हुने संस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएकी लोकप्रिय गायिका अन्जु पन्तको बिशेष प्रस्तुति हुने छ । यसको साथै स्थानीय कलाकारहरुले पनि प्रस्तुति गर्ने छ्न ।

यसको साथै न्युयोर्क बाट गम्बु शेर्पा ले पनि नचाउने र माहौल तताउने छन् । यसको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी जनाउन अतिथिहरु आएका छन् । पहिलो दिन स्थानीय बिभिन्न संघ संस्थाका नेतृत्व तथा व्यक्तित्वले युएनए ले युवाहरुलाई समेटेकोमा प्रसंसा गरेका छन् ।

साथै नेपाली नेपाली बिच एकता कायम र युएनए सम्मेलनको लागि शुभ कामना दिए । पहिलो दिनको समापनमा युएनए का अध्यक्ष पासांग लामाले सबैलाई स्वागत गरेका थिए ।

यसै गरि प्रमुख अतिथिको रुपमा अस्ट्रेलिया बाट आउनु भएका एनआरएनए अन्तरराष्ट्रियका निवर्तमान अध्यक्ष शेष घले ले सन् २०१४ मा एनआरएन को बिशेष उद्धेश्य लिएर आएको बताउनु भयो । सन् २०१८ यस पटकको सम्मेलनमा युएनए सम्मेलनमा भाग लिन मात्र जीवन संगिनी संग आएको बताउनु भयो ।

वहाले अगाडी थप्दै यस पटक आनन्द लिई रहेको बताउनु भयो । र टेक्सस दोश्रो पटकको भ्रमण रहेको बताउदै युएनए का अध्यक्ष पासांग लामालाई बधाई साथै राम्रो काम गरि रहेकोमा बधाई दिनु भएको थियो ।

नेपाली समाज टेक्सस (एनएसटि )का ध्यक्ष सुमन थापा लगायत सम्मेलनका समितिका पदाधिकारीले छोटो मन्तब्य राखेका थिए ।

प्रतिक्रिया