गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा अगाडी बढ्न कम्मर कसेका शिब काश्यपर र निर्मला पुलामी मगरको “सर्बनास”

इनेप्लिज २०७५ जेठ १५ गते २२:२४ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंग बाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ । अनि मात्र नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किनका पालि उत्साह मिल्ने कुरा पनि यथार्थ हो ।

यति बेला गायक शिब काश्यप लाई पनि यसरी आम संगीत पारखीहरु बाट निरन्तर रुपमा पाउनका लागि मायाको खाँचो रहेको छ । हुन त उनले यस अगी पनि “म मर्ने बेला” बोलको गीत बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । लगत्तै बजारमा आएको “सर्बनास” बोलको गीतलाई पनि पहिलेका गीत जस्तै माया गरेर यस क्षेत्रमा अगाडी बढ्न हौसला दिनेहुने छ भन्ने आशामा उनि यतिबेला उक्त गीतको प्रचार-प्रसारमा जुटेका छन् ।

“सर्बनास” बोलको गीतमा शिब काश्यप र निर्मला पुलामी मगरको सुमधुर स्वर रहेको छ । शिब काश्यप र निर्मला पुलामी मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतलाई लय कृष्ण बि.सी र शब्द रमेश बाबु परियारले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत र आइस्का लिम्बुको अभिनय देख्न सकिन्छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत सार्बजनिक भएको भिडियोलाई निर्देशन कृष्ण बि.सी ले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् । हामी यस गीत तथा भिडियोलाई तयार पर्न आफ्नो भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामान ब्यक्त गर्दछौं ।

प्रतिक्रिया