अशोकको घर शिलान्यास हुदै, हेर्नुस् उनलाई पढाउने स्कुलको अर्को प्रतिबद्धता (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ १६ गते २२:४६ मा प्रकाशित
उर्लाबारी/ रातारात युटुबमा गीत गायर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण हुने भएको छ । हाल भएको घर नजिकै अशोको परिवारका लागी नयाँ घर बन्ने भएको हो । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ भने विहिबार घरको शिलान्यास गर्ने कार्यक्रम रहेको घर निर्माण समितीका संयोजक पूर्ण वाइवाले जानकारी गराएका छन् । करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै अशोक पढ्ने स्कुल बेथेल एजुकेशनले पनि अशोकलाई शिक्षाबाट बन्चित नहोस भनेर ग्राजुएसन सम्म पढाईको लागि आफ्नो तर्फबाट पुरा सपोर्ट गर्ने प्रतिबद्धता जनाएको छ । हेर्नुस् उनि पढ्ने स्कुलका प्रिन्सिपल र उनि संग गरिएको कुराकानी ।
घर निर्माणका लागी देशविदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने कार्य भइरहेको आर्थिक समितीका संयोजक तथा गायक टंक बुढाथोकीले जानकारी गराए । अशोक दर्जी घर निर्माण समितिको सचिवमा संचारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरुमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल, बिबेक हिङमाङ, केदार बुढाथोकी, ममता राना लगायत रहेका छन् । समितिले अशोकको परिवारका लागी उचित ब्यवस्थापन गर्ने उदेश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजकले जानकारी गराएका छन् । यसका लागी देशबिदेशमा रहेका नेपालीहरुसँग सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया