बिहीबार, असार ७ २०७५ | Thu, June 21, 2018
नेपालको समय: ००:५३ | Washington DC: 15:08

ओक्लाहोमा नापा सम्मेलन भव्यताको साथ सम्पन्न ,गल्फ खेल समेतको आयोजना

 

अमेरिकामा रहेका नेपाली कृषि विज्ञहरुको संगठन नापा ( एसोसिएसन् अफ नेप्लिज एग्रीकल्चर प्रोफे सनल अफ अमेरिका )को पहिलो दुई बर्षे सम्मेलन २०१८ भव्यता को साथ सम्पन्न भएको छ । गत मे २६-२७ तारिखमा ओक्लाहोमा सम्पन्न दुई दिने कार्यक्रमको मुख्य नारा ” कृषिको नया प्रविधि परिवर्तन द्वारा प्रविधिहरु विश्व खाध्य सुरक्षा ” रहेको थियो ।

सम्मेलनका लागि क्यानडा ,मातृभूमि नेपाल र सयुक्त राज्य अमेरिका का विभिन्न राज्यहरुमा रहेका कृषि बैज्ञानिक ,प्राध्यापक तथा यहाँ अध्ययनरत बिद्यार्थीहरु सहित को सहभागिता रहेको थियो । यस कार्यक्रमा कृषि को विभिन्न विधाहरुमा सोधपत्र प्रस्तुत गर्नुको साथै नेपालको कृषि उत्थानको लागि कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विज्ञहरुले आ-आफ्नो सोध पत्र तथा कार्य पत्र गर्नु को साथै सम्मेलनलाई अझ प्रभावकारी तथा रोचक बनाउन केहि खेलहरुको आयोजना समेत गरिएको थियो ।

गल्फ खेल पनि एक थियो । जसमा २० जना जति खेलाडीहरुको सहभागिता रहेको थियो । गल्फ खेल निकै उत्साह पुर्वक सम्पन्न भएको थियो । ओक्लाहोमा शहरको लेक हेफ्नर गल्फ क्लबमा मे २५ तारिख मा सम्पन्न भएको ३ किसिमको खेल प्रतियोगता गरिएको थियो ।

उक्त प्रतियोगितामा बिजयी खेलाडीहरुमा लामो दुरी पार गर्ने (फ्याक्ने ) मा अमन भट्ट बिजयी भएका थिए भने प्वालमा सिधै खसाउने अथवा प्वालको नजिक पुर्याउने खेलमा बिजेश मिश्र बिजयी भएका थिए । यसै गरि घासे मैदान बाट सिधै प्वालमा खसाउने खेलमा योगेन्द्र उपाध्याय बिजयी भएका थिए ।

नापा रात्री भोजमा संस्था का अध्यक्ष डा लिला बहादुर कार्कीले मिसिगन राज्य बिश्व बिद्यालयका प्राध्यापक तथा नापा का सल्लाहकार परिषद सदस्य डा नन्द जोशी लाई उक्त सम्मेलन को खेलकुद संयोजक केमिका भण्डारीले बिजयी खेलाडीहरुलाई पदक ,पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

उक्त गल्फ खेल कार्यक्रम संयोजक केमिका भण्डारीले समन्वय गरेकी थिइन् । गल्फ खेल्ने खेलाडीहरुमा क्रमस बिजेश मिश्र ,अमन भट्ट ,योगेन्द्र उपाध्याय ,सुजन भट्टराई ,गौतम कुमार जोशी ,संजोक पौडेल ,सरोज खड्का ,सैलेश भट्टराई ,संगीता कार्की ,बिनोद ज्ञवाली ,भारत पोख्रेल ,सन्तोष थापा ,डा बुद्धि ज्ञवाली ,डा मेघ पराजुली ,डा नित्य नन्द खनाल ,श्रीमती चन्द्रा खनाल ,डा द्रोण रसाली ,सर्मिला पराजुली तथा केमिका भण्डारी रहेका थिए ।

२०७५ जेठ १९ गते २:२१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी