अन्तरबार्तामा किन जंगिए काजि साब ? हेर्नुस् गोल फिल्मका निर्देशक र कलाकार यसो भन्छन्

इनेप्लिज २०७५ जेठ २१ गते १०:३९ मा प्रकाशित
ईटहरी/ जातिय बिभेदले समाजमा भित्र्याएको ठुलो जात र सानो जातको विरुद्ध सशक्त आवाज उठाईएको फिल्म गोलको यतिबेला धमाधम छायांकन भैरहेको छ । फिल्मको कथालाई भिम लामाले तयार पारेका हुन् भने लामाले नै निर्देशन समेत गरिरहेका छन् । प्रेम, हास्य र द्वन्दलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरि समाजमा घटिरहेको जातिय बिभेदको बिरुद्ध आवाज उठाउने प्रयास गरिएको फिल्मका निर्देशक भिम लामाले बताए । हेर्नुस् ‘गोल’का निर्देशक भिम लामा र कलाकार आईपी भट्टराई संग गरिएको रमाईलो कुराकानी ।
फिल्ममा एक्सन नायकका रुपमा चिनिएका र यसअघि काली, लंका जस्ता फिल्महरुमा अभिनय गरिसकेका किशोर खतिवडाको मुख्य भूमिका रहेको छ । किशोरको अलावा फिल्ममा सुरबीर पण्डित, दमन रुपाखेती, आईपी भट्टराई, प्रकाश सुब्बा, इस्मारिका खनाल, सुबर्ण जंग कार्की, कमल राईको पनि मुख्य भूमिकामा अभिनय रहेको छ । यस्तै फिल्ममा अतिथि कलाकारको रुपमा बुद्धि तामाङ्ग ‘हैट’ र श्रीकृष्ण लुइटेलको पनि अभिनय रहेको छ ।
फिल्ममा प्रकाश सुब्बाको छायांकन, कुमार महर्जनको द्वन्द समाबेश छ भने फिल्मका गीतहरुमा भिम बस्नेतले संगीत भरेका छन् । राजेश पायल राई, मेलिना राई, दिपा लामा, सावित्री जोशी, ईशक राई र अस्बिन तामाङ्गले गोलको गीतमा आवाज भरेका छन् । अविरल भट्टराईले निर्माण गरेको फिल्म ‘गोल’को सम्पुर्ण छायांकन पुर्वमा हुनेछ । चार महिनाको छायांकन तालिका बनाएर फ्लोरमा निस्किएको यो फिल्मलाई पहिलो चरणमा दशैँ तिहारको छेको पारेर बिदेश प्रदर्शनको लक्ष्य राखिएको प्रस्तुतकर्ता आईपी भट्टराईले जानकारी गराए । तर फिल्मको नेपाल प्रदर्शन मिति भने अहिले नै तय भैसकेको छैन ।

प्रतिक्रिया