भर्जिनिया हर्डनमा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकीमा धेरै नेपाली र अमेरिकीहरुको सहभागिता

इनेप्लिज २०७५ जेठ २१ गते २३:१७ मा प्रकाशित

वाशिंगटन डिसी। नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथअमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधिसहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किनेझांकी तथा प्रदर्शन गरेका छन ।

उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्मअमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अवदेखि हरेक साल सोझांकी गरिने जानकारी आयोजकहरुले दिएका छन् ।

यहॉका तीन वटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनएभर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराजलुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरीभर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताउनु भयो ।

सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधिजेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्तभएको थियो ।

सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामाविश्वास गर्ने भएकोले नेपालीहरुको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएकोबेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बठाइएकोस्मरण गराउनु भयो ।

प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपालचिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्नेबताउनु भयो ।

अर्की अतिथि हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलोपटक यसरी नेपालीहरुलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाटधेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन । शहरकाउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूलेसस्तो सुकै प्रयास पनि गर्ने बताउनु भयो । अतिथीहरुलाई स्थानीय बालबालिकालेगीत र नृत्यहरु प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाटप्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्यपरक रुपमा प्रस्तुत गरेका थिए।

त्यसपछि नेपाली समुदायले हजारौं अमेरिकनहरुको सहभागिता रहेको स्थानीयहर्नडन मेला चलिरहेको स्थान हुंदै नेपाली र अमेरिकन झण्डा र ब्यानर सहितनगर परिक्रमा गरेका थिए । सो झॉकी प्रदर्शनीमा नेपाली र अमेरिकी राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल जस्ता नाराहरु गुन्जाइएको थियो ।

https://www.facebook.com/enepalese/videos/1772159379537681/?t=0

 

https://www.facebook.com/enepalese/videos/1772175816202704/?t=1

प्रतिक्रिया