अमेरिकामा आइपीएल(भारत्तोलन )का स्वर्ण पदक बिजेता रुप कार्की प्रशिक्षण दिन मातृभूमि नेपाल जादै

इनेप्लिज २०७५ जेठ २२ गते १:०६ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका आइपीएल(भारत्तोलन )का स्वर्ण पदक बिजेता रुप कार्की भारत्तोलनको प्रशिक्षण दिन मातृभूमि नेपाल जाने भएका छन् ।

आगामी जुन ११ तारिख अमेरिका बाट नेपाल उड्ने भएका छन् भने नेपाल जुन १३ तारिख पुग्ने छन् । उनि काठमाडौँ ,पोखरा ,धरान ,बुटवल लगायत शहरमा भारत्तोलन सम्बन्धि बिशेष तालिम दिने हेतुले जान लागेका हुन् ।

गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य हुन् । कार्कीले गत बर्ष नोभेम्बर १९ तारिख एटलान्टा आईपीएल ,इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता( अन्तर राष्ट्रिय भारत्तोलन प्रतियोगितामा )आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम बिश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनि नेपालमा भारत्तोलन खेलको कमि भएको महसुस गरिएकोले गैरआवसीय नेपाली संघ अमेरिकाको सहजीकरणमा सिकेको शीप आफ्नो मातृभूमिमा सिकाउने उद्धेश्यले एक अत्याधुनिक र अन्तरराष्ट्रिय स्तरीय भारत्तोलन प्रशिक्षण दिने उद्धेश्यले कार्की नेपाल जाने भएका हुन् ।

उनि जुन ११ तारिख डलस अन्तर राष्ट्रिय विमानस्थल बाट उड्ने छन् । एनआरएन अमेरिका संगको समन्वय तथा कार्कीको बिदाई एवम अन्य चिजको व्यवस्थापनको पहल गर्दै आई रहेका भर्जिनिया निवासी ददिराम ढुंगानाले उक्त दिन कार्कीलाई बिदाई गर्न विमानस्थलमा आई दिनु हुन् समेत आग्रह गरेका छन् ।

कार्की उनी शरीर बनाउन कुनै औषधीको सेवन नगरेका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र भारत्तोलन खेलाडी हुन ।

अमेरिकामा विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदक हासिल गरि सकेका छन् ।

नियमित र निरन्तर अभ्यासले सफलता दिलाएको भन्दै कार्कीले भारोत्तलन लगायत सबै खेलको विकासका नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रसिद्ध आईपीएल भारत्तोलनका स्वर्ण पदक बिजेता कार्की को लागि हवाई जहाजको टिकट(प्रवेश पत्र) एरो नेपाल ट्राभल्सका राकेश तुलाधर खेलाडी लाई हौसला दिन सौजन्य गरेका छन् । यसको साथै उनलाई प्रशिक्षण र प्रबन्धको व्यवस्था प्रकाश राई ,बुद्धि कार्की ,प्रदिप घिमिरे ,सरिता घिमिरे र सुकीर्ति अधिकारीले सौजन्य गर्ने भएका छन् ।

प्रतिक्रिया