सन्तोष विसीको शब्द तथा संगीतमा ” सिउँदो ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ जेठ २२ गते ११:२४ मा प्रकाशित
आर पोखरेल , काठमान्डौँ , जेष्ठ २२
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आफनो छुटटै पहिचान बनाउदै गरेका पुवेर्ली  सर्जक तथा गायक सन्तोष विसीको मौलिक शब्द तथा संगीतमा  सिउँदो को भिडियो आज बाट बजारमा सार्वजनिक भएको छ ।
 गायक रमेश वि डि आर र गायिका सरु आसामीको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने अपेक्षा लिइएको छ । बाध्यताले आफनी मायालुबाट छुट्दाको अवस्थालाई चित्रण गरिएको छ ।  सन्तोष विसीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ ।  महेश महराले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई विशाल बैरागीले निर्देशन गरेका हुन । सिउँदो
गीतमा आशा खड्का ,सन्तोष विसी  र विष्णु विसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया