नेपथ्य ले बोस्टन घन्काउने

इनेप्लिज २०७५ जेठ २३ गते २२:१५ मा प्रकाशित

विजय थापा ,नेपालको प्रसिद्ध संगीत मण्डली नेपथ्यले (म्युजिक ब्याण्ड )अमेरिकाको बोस्टन शहरमा प्रस्तुति गर्ने भएका छन् । अमेरिकाको बोस्टन र टेक्ससको ड्यालस शहरमा उनीहरुले घन्काउने भएका छन् । आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ले अमेरिकामा प्रस्तुत गर्न लागेको हो ।

नेपाली समुदायको घना वस्ती रहेको अमेरिकाका दुवै शहरमा शहरमा नेपथ्यको पहिलो पटक प्रस्तुत हुन लागेको हो । नेपथ्यले सामुहिक रुपमा पहिलोपटक सन् २००४ मा अमेरिकाको यात्रा गरेको थियो ।

त्यस बेला एरिजोना,वासिंगटन डिसीमा प्रस्तुति गरेको थियो भने त्यसपछि पनि तीनपटक अमेरिकाको यात्रा गरिसकेको छ । नेपथ्यको यस पटक सहित पाँचौ अमेरिका यात्रा हुने छ ।

बोस्टनको कार्यक्रम ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’ले मिलेर आयोजना गर्न लागेका हुन् । बोस्टनमा आगामी जुन २४ तारिखका दिन ‘रोयाल बोस्टन हल’ मा प्रस्तुति हुने छ । अमेरिका भ्रमणदलमा मुख्य गायक अमृत लगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ । ड्यालस र बोस्टनको कार्यक्रम पछी नेपथ्य टोली जुन २७ तारिखमा काठमाडौं फर्किने छ ।

नेपथ्य का प्रसिद्ध गीतहरु छेक्यो छेक्यो ,जोमसोमै बजारमा ,सा कर्णाली ,भेडा को उन जस्तो ,तालको पानी जस्ता गीतहरु उनीहरुले प्रस्तुत गरि बोस्टन वासीलिई भरपुर मनोरंजन गर्ने छन् । बिश्व कै नेपाली बसोबास भएका थुप्रै मुलुकमा उनीहरुले प्रस्तुति देखाई सकेका छन् । आयोजक ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’ले सबै नेपाली समुदायलाई उक्त दिन आई दिन हुन् समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया