पुजाको ढाडमा टेकेर रक्षा नेपाललाई हिर्काउन रचिएको प्रपन्चले पुजालाई नै बेफाइदा: मेनुका थापा

इनेप्लिज २०७५ जेठ २४ गते ०:३२ मा प्रकाशित

सन्दीप खत्री, काठमाडौँ: बिगत १५ बर्षदेखी महिला यौन हिंसा र अत्याचारमा परेका महिलाहरुलाई संरक्षण गर्दै आएको सामाजिक संस्था रक्षा नेपाल र संस्थाको अध्यक्ष मेनुका थापा यतिबेला विवादमा तानिएका छन । सामुहिक बलात्कार पिडित पुजा बोहोराले पत्रकार सम्मेलन नै गरि आफु ८ बर्षसम्म बसेको रक्षा नेपालमाथि विभिन्न आरोप लगाएपछि यो बिषय यतिबेला उत्कर्षमा पुगेको छ।

पुजाको आरोपपश्चात समाजसेवी तथा संस्थाको अध्यक्ष मेनुका थापाले ६ पन्ने बिज्ञप्ति नै निकालेर पूजाले लगाएको सबै आरोपको खण्डन गरेकी छिन। मेनुकाले यो सबै आरोप पूजाले लगाएको नभएर पुजाको ढाडमा टेकी रक्षा नेपाललाई हिर्काउन सुनियोजित रुपमा रचिएको प्रपन्च भएको बताएकी छिन। बिश्वास नेपाल नामक संस्थाका अध्यक्ष प्रदीप घिमिरेले पूजालाई आफ्नै डेरामा राखेको समेत उनले बताएकी छिन।

घिमिरेको बहिनि पनि पहिले रक्षा नेपालको आश्रयमा बसेकी थिइन। तर घिमिरेले रक्षा नेपालबाट झिकेर आफ्नो डेरामा लागेका थिए। मेनुकाले भनिन,’यो सबै कसैबाट रचित प्रपन्च हो, पूजाले यसरी पत्रकार सम्मेलन गर्नुमा कसैको ठुलो हात छ । पुजा समयसमयमा बैतडीमा रहेको घरमा ओहोरदोहोर गर्ने गरेकी थिइन। यदि उनले चाहेको भए यसअघि घर जाँदा उजुरी गर्न सकिने तर त्यसो गरिनन् ।’ यसले गर्दा पनि उसलाई कसैले परिचालित गरेको स्पष्ट हुन्छ उनले भनिन।

‘सामुहिक बलात्कारमा परेका महिला तथा बालबालिकाको अनुहार संचारमाध्यममा ल्याउनु हुदैन। तर पूजाले पत्रकार सम्मेलन गरेर खुलेर गइन जुन गलत भयो। ‘ थापाले भनिन। यसरी पत्रकार सम्मेलन गरेर पुजा बोहोराको जिन्दगी अन्धकारतर्फ मात्र धकेलिएको भएतापनि यदि पूजाले इच्छाएको खण्डमा रक्षा नेपालले अध्ययनको खर्च सबै जुटाइदिने बताएकी छिन। थापाले पुजाको न्यायको लागि सदा लड्ने बताइन।

हेर्नुहोस अध्यक्ष थापासँग गरिएको कुराकानी:

प्रतिक्रिया