न्याग्रा फल्समा हुँदैछ ऐतिहासिक काव्य गोष्ठी

इनेप्लिज २०७५ जेठ २४ गते ३:५४ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानडाले यहाँ अवस्थित विश्व प्रसिद्ध न्याग्राफल्समा उत्तर अमेरिका सीमा वारीपारी काव्य संगम ऐतिहासिक काव्यगोष्ठीको आयोजना गर्दैछ । कार्यक्रम संयोजक डा गोविन्दसिंह रावतका अनुसार आउदो जुन ३०, २०१८, शनिबारमा दिन न्याग्रा फल्सको अगाडिआयोजना गरिने यस गोष्ठीमा अहिलेसम्म अमेरिकाबाट २७ जना रक्यानडाबाट २१ जना कविहरुले आआफ्नो कविता वाचन गर्न नाम लेखाईसकेका छन् भने यो संख्या अझ बढ्ने सम्भावना रहेको छ ।

क्यानडाकालागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलको प्रमुखआतिथ्यमा जुन ३० का दिन आयोजना गरेर यस गोष्ठीलाई काव्यमय दिनबनाउन दिउसो न्याग्रा फल्स अगाडि कविता वाचनको कार्यक्रम रहेको छभने त्यसपछि अवलोकन र काव्यात्मक रात्रीभोजको आयोजना गरिने बारेआयोजकबाट जानकारी प्राप्त भएको छ । विश्व प्रसिद्ध न्याग्रा फल्समाआयोजना गरिने उत्तर अमेरिका सीमा वारीपारी काव्य संगम ऐतिहासिककाव्य गोष्ठीको प्रत्यक्ष प्रशारण गरिने जानकारी पनि आयोजक समितिलेगराएको छ ।

कार्यक्रमको अन्त्यमा काव्य वाचन गर्नु भएका कविहरुलाईन्याग्रा फल्ससहीतको काश्य प्रतिक चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। पहिलोपटक हुन गई रहेको यस ऐतिहासिक काव्य गोष्ठीलाई सफलबनाउन अहिलेसम्म क्यानडा र नेपालका व्यवसायीहरुमा एभरेष्ट रियाल्टीलिमिटेड ब्रोकेज, एप्रोभल जेनी, सुवेदी ल एसोसिएट्स सँगै डा. कुञ्जरशर्मा, राजन श्रेष्ठ, कृष्ण तिम्सिना, प्रदिप पौडेल, रामेश्वर पन्त, किरणढुङ्गाना आदिले सहयोग गर्ने वाँचा दिएका छन् । आप्रवासमा भाषासाहित्यलाई सहयोग गर्न साहित्यिक मनहरुको नाम प्रतिक चिन्हमाराखिने जानकारी पनि आयोजकले गराएका छन् । यस काव्य गोष्ठीमासहभागी बन्न चाहने कविहरुका लागि दस डलर दर्ता शुल्क राखिएको छ। यसअघि नेपाली साहित्य समाज, क्यानडाले २०१६ मा टोरोन्टोमा उत्तरअमेरिका काव्य संगमको आयोजना गरेको थियो ।

प्रतिक्रिया