अमेरिकामा नापा सम्मेलन भव्यताका साथ सम्पन्न

इनेप्लिज २०७५ जेठ २४ गते २३:४२ मा प्रकाशित

उत्तरी अमेरिकामा रहेको कृषि बिज्ञहरुको संगठन (Association of Nepalese Agricultural Professionals of Americas: NAPA) नापाको पहिलो एतिहासिक दुई बर्षे सम्मेलन ओक्लाहोमा राज्यको ओक्लाहोमा शहरमा सम्पन्न भएको छ । गत मे २६-२७ तारिखमा सम्पन्न दुई दिने कार्यक्रमको मुख्य नारा “कृषि रुपान्तरणद्वारा बिस्व खाद्य सुरक्षा” रहेको थियो । सम्मेलनका लागि क्यानाडा, नेपाल र संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहेका कृषि बैज्ञानिक, प्राध्यापक तथा यहाँ अध्यनरत बिद्यार्थीहरु सहितको सहभागिता रहेको थियो ।

कृषिको विभिन्न बिषयहरुमा सोधपत्र प्रस्तुत गर्नुका साथै नेपालको कृषि उत्थानका लागि कार्यपत्र प्रस्तुत गरिएको थियो | यसै सम्मेलनमा विद्यार्थी पोस्टर तथा वक्तित्व प्रस्तुति प्रतियोगिता, व्यवसायिक वक्तित्व तथा पोस्टर प्रस्तुति प्रतियोगितामा बिद्यार्थी निबन्ध प्रतियोगिता तथा कृषि कविता प्रतियोगिता भब्य रुपमा सम्पन्न भयो ।

साथै, पूर्व सम्मेलन टुर, गोल्फ प्रतियोगिता तथा प्रेम राजा महतको अगुवाईमा भएको संस्कृतिक साझको आयोजनाले सबै सहभागीहरुलाई उत्साहित भएका थिए व्यवसायिक वक्तित्व तथा पोस्टर प्रस्तुति प्रतियोगितामा विद्यार्थी पोस्टर तथा वक्तित्व प्रस्तुति प्रतियोगिता डा. कृष्ण प्र. पौडेल, निबन्ध प्रतियोगिता डा. भरत पोखरेल, कृषि कविता प्रतियोगिता कृष्ण प्र. पौडेल तथा गल्फ प्रतियोगिता केमिक भण्डारी द्वारा समन्वय गरिएको थियो ।

नापा सम्मेलनमा आयोजित बिद्यार्थीहरुको वक्तित्व प्रतियोगितामा बिजयी भएका प्रतियोगीहरुमा लक्ष्मण अधिकारि प्रथम ,प्रमोद पन्थ द्वितीय तथा बिजेश मिश्र तृतीय र भेष राज थापालाई सम्मानित गरिएको थियो ।

यसै गरि पोस्टर प्रतियोगिता बिजयी संजोक पौडेल प्रथम, संगिता कार्की द्वितीय तथा आकृति भट्टराई तृतीय भएका थिए भने दीक्षित पौडेल सम्मानित भएका थिए । यसै गरि कृषि-कबिता प्रतियोगिता बिजयी संगिता कार्की प्रथम ,शैलेस भट्टराई,द्वितीय तथा लक्ष्मण अधिकारि तृतीय भएका थिए ।

यसै गल्फ प्रतियोगिता बिजयी खेलाडीहरु योगेन्द्र तिमल्सिना, मन भट्ट र बिजेश मिश्रलाई नगद पुरस्कार ,प्रमाणपत्र तथा पदक द्वारा अध्यक्ष डा लिला बहादुर कार्की ,महा बाणिज्य दुत प्रेम राजा महत तथा डा नन्द जोशीले सम्मानित गरेका थिए ।

यस सम्मेलनलाई सफल तुल्याउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई अध्यक्ष तथा सम्मेलन सभापति डा लिला बहादुर कार्कीले सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया