अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले कोलोराडोमा एघारौं वार्षिक सम्मेलन हुने

इनेप्लिज २०७५ जेठ २५ गते ०:११ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले कोलोराडोको डेनभर शहरका सक्रिय इन्जिनीयरहरु तथा सूचना प्रविधि सम्बन्धि पेशाकर्मीहरुको संयुक्त तत्वावधानमा “Exploring the Advancements in Research and Development in Engineering, Science, and Technology” भन्ने नाराका साथ निम्नलिखित स्थान र मितिमा सोसाइटीको एघारौं वार्षिक सम्मेलन गर्न गइरहेको छ ।

उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनीयरहरु, वैज्ञानिकहरु, सूचना प्रविधिका विशेषज्ञहरु तथा अन्य सम्बन्धित पेशाकर्मीहरुलाई एकै स्थानमा ल्याएर उनीहरुका ज्ञान र अनुभव आदानप्रदान गर्न प्राविधिक सत्रहरु आयोजना गरिएकाछन्। यस सम्मेलनले नेपाली सहकर्मीहरु तथा नेपालका मित्रहरु बीच सन्जाल स्थापना गर्ने र एक आपसमा घुलमिल (Socialization) हुने अवसर पनि उपलब्ध गराउनेछ। यसका अरितिक्त प्राज्ञिक जगत, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विषिष्ठ अतिथिहरुलाई समेत् सम्मेलनमा आमन्त्रण गरिएको छ।

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ANEagr) IRS 501(c)(3) कर छुट हैसियतमा स्थापना गरिएको नाफारहित संस्था हो, जसको उद्देश्य इन्जिनीयरिङ्ग तथा तत् सम्बन्धी वैज्ञानिक र प्राविधिक क्षेत्रमा कृयाशील नेपालीहरुलाई नजिक हुन, विचार आदानप्रदान गर्न, र एक अर्कालाई सहयोग र समर्थन गर्न तथा उनीहरुको र संस्थाको साझा हित प्राप्त गर्न एउटा चौतारी उपलब्ध गराउनु हो ।

सोसाइटीले नेपालमा इन्जिनीयरिङ्ग र प्राविधिक प्रगतिको प्रबर्धन गर्न पनि प्रयास गर्दछ । हामीले सन्चालन गरिरहेका केही कामका उदाहरण यस प्रकार छन्: नेपालका हरेक विश्वविद्यालयका इन्जिनीयरिङ्ग छात्रछात्राहरुलाई उत्कृष्ठ पुरस्कारको व्यवस्था (Merit Awards), नेपालका इन्जिनीयरिङ्ग अध्ययनरत् विद्यार्थीहरुलाई शोधवृत्ति (Graduate Student Research Fund), भूकम्प सम्बन्धी तालिम, प्राकृतिक प्रकोपको अवस्थामा सहयोग, वार्षिक सम्मेलन र गोष्ठीहरु तथा इन्जिनीयरहरुका लागि आवश्यक पर्ने निरन्तर अध्यायन (Continuing Education) कक्षाहरु ।

हामी संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभर छरिएर बसोबास गरिरहनुभएका नेपालीहरुलाई सम्मेलनमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्न चाहन्छौं । उच्च स्तरीय प्राविधिक बिषयवस्तुहरु सर्वसाधारण आम जनसमुदायका लागि पनि उत्तिकै सान्दर्भिक हुन्छन् र माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि पनि रुचिको बिषय बन्न सक्छन् ।

त्यति मात्र होइन, विद्यार्थी तथा अरु युवाहरुका लागि प्रयोगात्मक कार्यशाला पनि आयोजना गरिनेछन् । यो सम्मेलन सबैका लागि लाभकारी हुनेछ, विज्ञान, प्रविधि, इन्जिनीयरिङ्ग र गणित (STEM) क्षेत्रमा कार्यरतहरुका लागि, इन्जिनीयरिङ्ग क्षेत्रमा करियर बनाउन चाहने उच्च माध्यमिक् विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि, मुख्य बिषय छनौट गरिनसकेका विद्यार्थीहरुका अविभावकहरुका लागि मात्र होइन अरु धेरैका लागि यो सम्मेलन लाभदायक सावित हुनेछ ।

प्रतिक्रिया