बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: ०३:१८ | Washington DC: 17:33

बेलायतमा आगो लगाउने नौ जना पक्राउ

लण्डन, २५ जेठ । बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ ।

आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।

श्रीङ्खलावद्ध तरिकाले प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै छानविन गर्दै आइरहेको छ । यसअघि पाँच जनालाई दोषी ठहर गरी कारबाही पनि भइसकेको छ ।

बिहीबार पक्राउ परेका व्यक्तिहरूको बारेमा आउँदो जुलाई १३ तारिखका दिन अदालतले फैसला गर्ने बताइएको छ । एएफपी

२०७५ जेठ २५ गते ३:२० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी