बिहीबार, असार ७ २०७५ | Thu, June 21, 2018
नेपालको समय: ००:५८ | Washington DC: 15:13

अभ्यास खेलमा साउदीविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

लण्डन, २६ जेठ । विश्वकप फुटबलको प्रमुख दावेदार जर्मनीले नयाँ विश्व विजेता छान्ने अभियान अघि भएको अभ्यास खेलमा जित निकालेको छ ।

रुसमा पाँच दिनपछि सुरु हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको आफ्नो अन्तिम अभ्यास खेलमा जर्मनीले शुक्रबार राति विश्वकपको तयारीमा रहेको अर्को टिम साउदी अरेबियालाई हराएको हो ।

लेभरकुजनमा भएको खेलमा जर्मनीले साउदी अरेबियामाथि २–१ को जित निकालेको हो । जर्मनीका लागि आठौँ मिनेटमा टिमो वेर्नरले गोल गरे । यस्तै ४३ औँ मिनेटमा साउदी अरेबियाका ओमार हावसावीले आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २–० को अग्रता लियो ।

दोस्रो हाफमा साउदी अरेबियाले एक गोल फर्कायो । उसका लागि ८४ औँ मिनेटमा ताइसिर अल–जासामले गोल गरे । जर्मनीका इलकेयी गुण्डोगान गोल गर्ने दुई राम्रा मौकामा चुके ।

जर्मनी विश्वकपका लागि समूह एफ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् । यस्तै साउदी अरेबिया रहेको समूह ए मा रुस, इजिप्ट र उरुग्वे छन् ।

२०७५ जेठ २६ गते ७:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी