साहित्यकार गोविन्द गिरी प्रेरणाको २४औं कृति ” लिभिङ टुगेदर” प्रकाशित हुँदै

इनेप्लिज २०७५ जेठ २७ गते ४:३९ मा प्रकाशित
काठमाडौं,  २७ जेठ
नेपाली साहित्यका विविध विधामा चार दशकदेखि नित्य निरन्तर साहित्य लेखनमा समर्पित साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति कृति “लिभिङ टुगेदर” प्रकाशनको अन्तिम चरणमा पुगेको थाहा भएको छ । साहित्यकार प्रेरणाको यो कृति उपन्यास हो र यो उनको २४औं  कृति हो । उनका सम्पादित र अनुवाद गरी ३२ कृति प्रकाशित छन् । उपन्यासको रुपमा भने यो पाँचौं हो । यसअघि उनका “उत्खनन”, पाखण्ड पर्व”, “अन्तिम खाडल” तथा  “मात्र एक रात” प्रकाशित छन् ।
विगत १४ वर्षदेखि अमेरिका वस्दै आएका प्रेरणा अमेरिकी नेपाली समाजमा साहित्यकार  पत्रकार तथा समाजसेवीका रुपका परिचित छन् । उनको सम्पादनमा डिसी मेट्रो क्षेत्रवाट १० वर्ष ” विश्वपरिक्रमा ” छापा पत्रिका प्रकाशित भएर हाल विश्वपरिक्रमालाई अनलाइनमा लगेका छन् ।
उनको अध्यक्षतामा ” अमेरिका नेपाल साहित्य प्रतिष्ठान” अमेरिकामा दर्ता भै साहित्यिक गतिविधि गर्दै आएको साहित्यिक संस्था हो । त्यसै गरी उनको अध्यक्षतामा ” मनासस एभरेष्ट लायन्स क्लव ” पनि कार्यशील छ ।
प्रेरणाका अनुसार यो उपन्यास सन् २०१६ मा लेखिएको हो र यसलाई नेपालमा पछिल्लो समयमा राम्रा साहित्यिक कृतिहरु प्रकाशनमा जुटेको प्रतिष्ठित प्रकाशन ” बी एन पुस्तक संसार” ले प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया