बोलमायाका प्रकाश सपुत छोरी र श्रीमती सहित मिडियामा

इनेप्लिज २०७५ जेठ २७ गते ४:५२ मा प्रकाशित
काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल तथा युट्युवमा सर्वाधिक भाइरल भइरहेको ‘बोल माया’ बोलको गीतका गायक प्रकाश सपुत निकै चर्चामा छन् । यसैगीतबाट प्रसंसा बटुलिरहेका प्रकाशले रचना, संगीत, परिकल्पना, निर्देशन गरेको यस म्युजिक भिडियोले परदेशी र परदेशीहरुको परिवारको पीडा बोलेको छ।
प्रकाश सपुत रेडियो पत्रकारिता हुँदै यस क्षेत्रमा प्रवेश गरेका हुन्। रेडियोमा पत्रकारिता गर्ने समयमा भेट भएकी बिना बोहोरासंग उनले प्रेमविवाह गरेका हुन् । उनीहरुकी छोरी समेत छिन्।
प्रकाश सपुतले आफूले कुनै गीत बनाउँदा आफ्नो सोंच, गीतका शब्द तथा म्युजिक भिडियोको परिकल्पनाबारे श्रीमतीलाई पहिल्यै बताउने गर्छन् र उनीबाट सुझाव समेत लिने गर्छन्।
‘बोल माया’को म्युजिक भिडियोको निर्माणको समयमा पनि प्रकाश सपुतले श्रीमतीलाई कथा, आफ्नो भूमिका, गीतका शब्द सबै बताएका थिए । त्यो सुन्दा नै उनकी श्रीमती भावुक भएकी थिइन्।
प्रकाशले सुटिंगमा लैजान खोज्दा पनि उनी त्यहाँ जना सकीनन् र आफ्नो मामाघरमा गएर बसीन् । यो जोडीका अनुसार, उनले अहिले सम्म ‘बोल माया’ को पूरा म्युजिक भिडियो नै हेरेकी छैनन्।
बाकसमा शव हालेर आफ्नो घर लैजादाको दृश्य र त्यो बाकसबाट प्रकाशलाई झिकिनुको दृष्यले गर्दा उनले आफूले उक्त भिडियो कहिल्यै हेर्न नसक्ने बताउँछिन् ।

प्रतिक्रिया