यूएन पार्कमा गोली चल्यो, गुण्डा लामा घाइते

इनेप्लिज २०७५ जेठ २८ गते १२:०१ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । ललितपुरको यूएन पार्कमा गोली चलेको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा काभ्रेली समूहका गुण्डा अशोक लामा घाइते भएका छन् ।

विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका लामालाई प्रहरीले गोली हानेको हो ।

युएन पार्क नजिकै पक्राउ गर्न खोज्दा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । लामाको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्ताल पुर्‍याइएको छ ।

महाशाखाले उनी काभ्रेली समूहका गुण्डा नाइके दावा लामाको सहयोगी भएको बताएको छ । उनको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली समेत बरामद भएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए । उनीसँगै रहेका २ जना भने भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया