आइतबार, असार १० २०७५ | Sun, June 24, 2018
नेपालको समय: १०:५८ | Washington DC: 01:13

विश्वकप फुटबलको मुखैमा ब्राजिलको सानदार जित

भिएना, २८ जेठ । विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको बलियो उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

रुस विश्वकपको तयारी स्वरुप भएको आफ्नो अन्तिम अभ्यास खेलमा ब्राजिलले प्रभावशाली जित निकालेको छ । यो जितमा टिमका सबै उत्कृष्ट युवा खेलाडीले गोल गरे । भिएनामा भएको खेलमा ब्राजिलले अस्ट्रियालाई ३–० ले हराएको हो ।

ब्राजिललाई जिताउने नेइमार, गाब्रिएल जिसस र फिलिप कोन्टिन्होले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । ३६ औँ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

चोट निको भएर तीन महिनापछि मैदान फर्किएका नेइमारले ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ६९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै ब्राजिलको जित निश्चित गरेका हुन् ।

पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपका लागि समूह ई मा छ । उसले जुन १७ मा स्वीट्जरल्याण्डसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि उसले कोस्टारिका र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

२०७५ जेठ २८ गते १२:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी