ममीको ५००० चोरेर गायक बन्न हिडेका बिशाल लिम्बु सांगीतिक क्षेत्रमा चम्किदै [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ जेठ २९ गते २:०९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। विशाल बेघा लिम्बु सांगीतिक क्षेत्रमा नयाँ भएतापनि आफुलाई एक कुशल रचनाकार र गायकको रुपमा चिनाउन संघर्षरत छन्।

पांचथरका स्थायी वासिन्दा विशाल घराएसी समस्याका कारण वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए। उनी मलेसिया ३ वर्ष बसेर हाल नेपाल आइसकेका छन्। उनी मलेसिया छदा होस् या नेपाल रहदा पनि सांगीतिक क्षेत्रमा लागिरहेका छन्।

उनलाई स्मरण छ बाल्यकालमा उनी आमाको पर्सबाट ५ हजार चोरेर संगीत सिक्न धरान गएका थिए। उनी यति सम्म संगीतमा लिप्त थिए कि उनले संगीत सिक्न कै लागि घर सम्म त्यागेका थिए। तर केहि समय पश्चात उनी फेरी घर नै फर्केका थिए। घरमा आफ्नो रुची बताउदा उनलाई स- परिवारले साथ दिए। उनलाई कसैले रोकेन।

मलेसियामा नै हुँदा उनले यात्रा नामक एल्बम निकालिसकेका छन्। यो नै उनको पहिलो गीति एल्बम हो। यात्रा नामक एल्बममा उनले ४ वोटा गीत समाबेश गरेका छन्। ति चार वोटा मध्य उनले एउटा आफै गएका छन्। बाकीको गीत राजेश पायल राइ, मेलिना राइ जस्ता चर्चित गायकले स्वर दिएका छन्। यस एल्बममा सबै गीतको रचनाकार पनि उनै हुन्।

शब्द लेख्नमा माहिर बिशाल समाजसेवी पनि हुन्। उनी मन्जरी थियटर नामक संस्थामा आवद्ध छन्। हुन त यो संस्थाले सुचानात्मक चलचित्र निर्माण गर्छ। साथसाथै यस संस्थाले समाजसेवामा पनि योगदान दिरहेको हुन्छ। सोहि संस्थासँग सहकार्यमा रहेर उनी समाजसेवामा पनि लागिरहेका हुन्छन्।

उनी गीत लेख्न र गाउनमा मात्रै होइन अभिनयमा पनि पोख्त छन्। आफु मलेसिया बस्दा ‘३ वर्ष’ नामक चलचित्रमा अभिनय गरेको उनले बताए। वैदेशिक रोजगारीका लागि जति पनि नेपाली विदेश जाने गर्दछन् र त्यहाँ गएर उनीहरुले भोगेका दुखसुख समेटेर बनाइएको चलचित्र हो ‘३ वर्ष’। छिट्टै नै कुनै युट्युब च्यानल मार्फत चलचित्र सार्वजनिक गरिने उनको भनाई रहेको छ।

आम्दानीको लागि विदेश हानिएका विशाल फेरी पनि विदेश जाने सम्भावना भएको बताउछन्। नेपालमा रोजगारी र अवसरको कमिले विदेश नगई पैसा कमाउन सकिन्न भन्ने उनको धारणा छ। यद्दपि उनी सांगीतिक क्षेत्रमा भने निरन्तर लाग्ने बताउछन्।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया