टीपीएस विषयमा केन्द्रित हुँदै “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को “दोश्रो विज्ञ फोरम” सम्पन्न !

इनेप्लिज २०७५ जेठ २९ गते १०:४६ मा प्रकाशित

 

न्यूज़ रिपोर्ट साभार:

विश्वमान आङ्गदेम्बे,

कार्यक्रम संयोजक, विज्ञ फोरम

यही जुन १० तारिख आइतवार साँझ अमेरिकाको न्यूयोर्कमा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को दोश्रो मासिक कार्यक्रम “विज्ञ फोरम – २” सम्पन्न भएको छ I  चर्चित नेपाली अमेरिकी कानूनी अधिवक्ता विनोद रोका “विज्ञ वक्ता” रहेको उक्त कार्यक्रम वर्तमान “टीपीएस” विषयमा केन्द्रित थियो I कार्यक्रम “एन.आर.एन. न्यूयोर्क च्याप्टर” अध्यक्ष रामहरि अधिकारीको नेतृत्वमा “न्यूयोर्क च्याप्टर” तथा “न्यूयोर्क हेल्पडेस्क” सँगको सहकार्यमा सम्पन्न भएको थियो I कार्यक्रमको संचालन चर्चित पत्रकार किरण मरहट्ठाले गरेका थिए भने कार्यक्रम विभिन्न नेपाली अमेरिकी “अनलाइन” मिडियाबाट “फेसवुक लाइभ” गरिएको थियो I

कार्यक्रममा अधिवक्ता विनोद रोकाबाट निम्न मुख्य जानकारीहरु भएका थिए I

(१) नन-इम्मिग्रेसन भिसा: जुन २४, २०१९ मा टीपीएस सकिनु अगावै “नन-इम्मिग्रेसन भिसा” (विद्यार्थी, पर्यटक, ग्रीन कार्ड, आदि) मा हरेक भिसाको मापदण्ड पूरा गरेर जान सकिन्छ I ग्रीन कार्डको हकमा कुनै कम्पनीको “स्पोन्सर” मा “लेबर सर्तिफिकेसन” बाट फाइल गर्न सकिन्छ तर त्यसको लागि विगतमा “स्टेटस बाहिर” भएको भए त्यो १८० दिन भन्दा कम हुनुपर्छ I

(२) प्रवेष निषेध: १८० दिनभन्दा बढी र १ वर्षभन्दा कम “स्टेटस बाहिर” भए अमेरिकामा कम्तिमा “३ वर्ष प्रवेष निषेध” हुनेछ भने १ वर्षभन्दा बढी भए कम्तिमा “१० वर्ष प्रवेष निषेध” हुने कानून छ I

(३) टीपीएस सकिएपछिका विकल्पहरु: (क) अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड फाइल गर्ने, (ख) “असाइलम” को मापदण्ड पूरा गरी फाइल गर्ने, (ग) कुनै अपराधबाट पीडित भई फाइल गर्ने, र (घ) विशिष्ठ प्रतिभाशाली व्यक्तित्वको रूपमा फाइल गर्ने I (क) बाहेक अरु सबैमा १८० दिनको हदबन्दी लागू हुन्छ I (क) को हकमा जतिसुकै दिन “स्टेटस बाहिर” भए पनि  ग्रीन कार्ड फाइल गर्न रोक हुँदैन I

(४) “डिपोरटेसन” अर्डर भएको अवस्थामा: “डिपोरटेसन” अर्डर जारी भएको तर पछि टीपीएस पाएर “एडभान्स्ड परोल” लिई अमेरिका बाहिर गई गर्केरा आई अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड पाएको पनि केस छन् I तर, गैर-कानूनी रूपमा सीमा पार गरी आएकाहरुले अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड नपाएको अवस्था छ I

(५) कानूनी विश्लेषण: “इम्मिग्रेसन विभाग” र “अदालत” को फरक विश्लेषण पाइएको छ I क्यालिफोर्नियाको “सर्किट अदालत” ले टीपीएसलाई नै आफैमा एउटा “नन-इममिग्रांत स्टेटस” मानेको छ भने “इम्मिग्रेसन विभाग” ले त्यसभन्दा फरक विश्लेषण गर्दै “व्यक्तिको सुरुको स्टेटस” लाई मानेको छ I त्यस्तै “राज्यको अदालत” र “संघिय अदालत” वीच पनि कानूनी व्याख्यामा फरक छ I “न्यूयोर्क राज्यको सर्किट अदालत” ले हालसालै पक्राउ परेको “पिज्जा डेलिभरी” गर्नेलाई उसको अद्दलतमा उपस्थित हुने दिनसम्म “डिपोर्ट” नगर्न भने पनि उसले पहिले नै अदालतबाट ” “डिपोरटेसन”  अर्डर पाएको अवस्थामा “इम्मिग्रेसन अधिकारीहरुले” जहिले “डिपोर्ट” गर्न सक्ने कुरा छ I

(६) ठेगाना परिवर्तन: नन-इम्मिग्रंट्सहरुले आफ्नो ठेगाना परिवर्तन गरेको १० दिनभित्र “यु.एस.सी.आइ.एस.” लाई जानकारी गराउनु पर्छ, नत्र भने २०० डलर वा ३० दिन जेल सजाय हुनसक्ने कानूनी व्यस्था छ I

(७) असाइलम: असाइलमको हकमा अमेरिकामा आएको १ वर्ष भित्रमा निवेदन दर्ता गर्नुपर्छअसाइलम फाइल गर्दा जम्मा ५ वटा समुहमा फाइल गर्न सकिन्छ – धार्मिक, वर्ण, राष्ट्रियता, राजनैतिक, र विशेष समूह (पत्रकार, मानव अधिकारवादी, लेखक, कलाकार, आदि) I यसमा आफुलाई यी मध्ये कुनैपनि वर्गमा परेकै कारणले ”सार्वजनिक पेर्सिकुसन वा दमन वा अपराध” को पीडित हुनु पर्छ I हालैको महान्याधिवक्ता “जेफ सेसन” को निर्णयले “घरेलु हिँसा” वा “व्यक्तिगत पीडा/यातना” को आधारलाई खारेज गरेको छ I

(८) देशबाट निकाला: गैर-कानूनी रूपले अमेरिका छिरेको सीमा देखि १०० माइल भित्र र पार गरेको २ हप्ता भित्र पक्राउ परेको खण्डमा तुरुन्त डिपोर्ट” हुनसक्ने व्यस्था छ I २ हप्ता देखि २ वर्ष सम्मको हकमा “रेगुलर डिपोर्ट” को व्यस्था छ जुन समयमा कानूनी उपचार खोज्न सकिन्छ I २ वर्ष भन्दा बढीको हकमा “डिपोर्टको पूर्जी” जारी भई “स्वयम् फिर्ती” गर्न ४ महिना थप समय प्रदान हुने व्यस्था छ, “बिना अपराधको केस” I

(९) विवरण फरक परेको खण्डमा: पहिले भर्दा र अहिले भर्दा टीपीएस मा केहि फरक छ I कतिपय कुराहरु पहिलेकै भरेकोले भर्नु पर्दैन I त्यहीपनि कथम कदाचित रेकर्ड फरक परेमा तेस्को “जस्तिफाई” गर्न सक्नुपर्छ, नत्र भने त्यो “ठगी” मा पर्छ I

(१०) अन्तमा: हरेक केस फरक हुन्छ I हरेक व्यक्तिको अवस्था फरक हुन्छ I कुनैलाई पनि “जेनेरलाइज” गर्न मिल्दैन I त्यसैले आफ्नो केस राम्रो प्रमाणित क्षेत्र सम्बन्धि कानूनी विज्ञ/अधिवक्ता लाई देखाउनु पर्छ I कानूनले प्रमाण खोज्छ र हेर्छ I त्यो पुराउन सक्नुहुन्छ भने आत्तिनु पर्दैन I

Email: [email protected]

Facebook Page: NRNA USA Helpdesk

 

 

प्रतिक्रिया